प्रधानमन्त्री ओली र नेता नेपालबीच भेटवार्ता तय

काठमाडौं

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल बीच भेटवार्ता तय भएको छ । अध्यक्ष ओलीले भेटवार्ताका लागि प्रस्ताव राखेका थिए ।

ओलीको प्रस्तावमा नेता नेपाल सहमति भएको एक नेताले बताए । ‘उहाँहरु बीच भेट तय भएको छ । कहाँ भेट्ने भन्ने कुराकानी भइरहेको छ’, ती नेताले भने । आजै बिहान विष्णुप्रसाद पौडेलले नेता नेपालसँग भेटवार्ता गरेका थिए ।

भेटका क्रममा पौडेलले राजीनामाले सरकार र पार्टी दुवै नजोगिने भएकाले छलफलमा बस्न प्रस्ताव राखेका थिए । तर नेपालले भने आफ्नो सर्त प्रस्ट भएको जवाफ दिएका थिए । नेता नेपालसँगको भेटपछि बालुवाटारमा ओलीले स्थायी कमिटी बैठक राखेका थिए ।

बैठकले नेता नेपाल सहित चार नेता माथि गरिएको कारबाहीको निर्णय फिर्ता लिने निर्णय गरेको छ । कारबाही फिर्ताको निर्णयले बातावरण सकारात्मक बनाएको स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डे बताउँछन् ।

‘कुराकानी शुरु भएको छ । सकारात्मक परिणाम आउने आशा गरौं’, पाण्डेले भने । बालुवाटारमा बैठक बस्नुअगाडि ओलीले नेता नेपालसँग टेलिफोन वार्ता भएको थियो ।

प्रतिक्रिया

खबर सबै