

जनता ‘मारेर’ कसरी बस्न सकेको सरकार ? : नारायणकाजी


काठमाडौं
माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले कोरोनो उपचार तथा रोकथाममा सरकार गैरजिम्मेवार र नालायक बन्दा महामारीबाट जनतालाई बचाउन सबैले आ–आफ्नो क्षेत्रबाट पहलकदमी गर्नुपर्ने बताएका छन् ।
नेता श्रेष्ठले बिहीबार बिहान सामाजिक सञ्जालमा आईसीयू र भेन्टिलेटरको कुरा छाडौँ,अक्सिजन नपाएर कोभिड बिरामी हेर्दाहेर्दै मरिरहेपनि सरकार टुलुटुलु हेरेर बसेको बताएका हुन् । उनले सरकारले गर्न सक्ने काम समेत नगरी जनता मारेर सरकार कसरी बस्न सकेको भनेर प्रश्न समेत गरेका छन् ।
‘राजधानीका कतिपय ठूला अस्पतालहरुले भर्ना भइ उपचाररत कोभिड बिरामी लाई अक्सिजनको अभावका कारण उपचार गर्न नसकिने भन्दै अस्पतालबाट बाहिर पठाइरहेका छन् भने कतिपय अस्पतालले अव कोभिड बिरामी भर्ना गर्न नसकिने सूचना सार्वजनिक गरेका छन्’,श्रेष्ठले भनेका छन्, ‘बुटवललगायतका अस्पतालहरुले आधा घण्टा अक्सिजन बन्द भएकाले केही बिरामीहरुको मृत्यु भएको कुरा बताएका छन् भने हिजो मात्र कोभिड महामारीबाट जनतालाई बचाउन रातदिन नभनी खटिरहनु भएका ट्रमा सेन्टरका डाइरेक्टर डा. सन्तोषले समेत अक्सिजनको अभावमा बिरामीको ज्यान गइरहेको भन्दै अक्सिजनको लागि हारगुहार गर्नुभएको छ ।’
उनले ‘यसरी गर्न सक्ने काम पनि नगरी जनता ‘मारेर’ बस्न कसरी सकेको छ सरकार ?’ भनेर प्रश्न गरेका छन् ।
साथै अग्रपंक्तिमा खटिरहेका चिकित्सक ,नर्स र स्वास्थ्यकर्मीहरुको असाधारण नमुना योग्य कामको सम्मान र अनुसरण गर्दै महामारीबाट जनता बचाउन आ–आफ्नो ठाँउबाट जे–जे गर्न सकिन्छ ,सबै लाग्न आह्वान समेत गरेका छन् ।


खबर सबै
-
ल्हेन्दे खोलामाथि बनेको तालमा एक हजार वटा स्विमिङ पुल बराबरको पानी
-
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३६ घन्टामै एक अर्ब ९१ करोड सहयोग
-
खोजी र उद्धारमा ढिलाइ भएको गुनासोपछि सरकारले बढायो जनशक्ति, थपिए १२ सय सैनिक
-
मन्त्रिपरिषद्का सम्पूर्ण सदस्यले एक महिनाको पारिश्रमिक राहत कोषमा जम्मा गर्ने निर्णय
-
बाढीपीडितको राहतमा जुट्दै ‘लायन्स क्लब अफ कपिलवस्तु’
-
नेपालका दुई नदीको संगममा ठुलो जलाशय, चीनले दियो चेतावनी
-
मन्त्रिपरिषद्का सम्पूर्ण सदस्यले एक महिनाको पारिश्रमिक राहत कोषमा जम्मा गर्ने निर्णय
-
बाढीपीडितको राहतमा जुट्दै ‘लायन्स क्लब अफ कपिलवस्तु’
-
नेपालका दुई नदीको संगममा ठुलो जलाशय, चीनले दियो चेतावनी
-
विनाशकारी बाढी : मृतकको सङ्ख्या २७० पुग्यो
-
नेपालका लागि भारतबाट आइपुग्यो ३७.५ टन राहत सामग्री
-
भोटेकोसी बाढी : १७७ शव फेला, ३३ घाइते उपचाररत






प्रतिक्रिया