

अक्सिजन अभाव भए यी नम्बरमा फोन गर्न सकिन्छ


काठमाण्डाै
सरकारले अक्सिजन अभाव भएमा खबर गर्न आग्रह गरेको छ ।
कोरोना संक्रमणको दर बढ्दै जाँदा अक्सिजन अभाव सुरु भएसँगै सरकारले अक्सिजन नपाएकाहरुका लागि ११५४ र ११४० मा फोन गर्न गर्न भनेको हो । यो नम्बरमा फोन गरेर नाम टिपाएमा कतै न कतैबाट अक्सिजनको व्यवस्थापन गर्न सहयोग गरिने कोभिड १९ संकट व्यवस्थापन केन्द्र सीसीएमसीले जनाएको छ ।
अक्सिजन अभावमा नेपालमा पनि केही अस्पतालमा संक्रमितले ज्यान गुमाउनु परेको छ । अहिले देशभर काठमाण्डाैमा ८ सहित २० वटा अक्सिजन प्लान्ट सञ्चालनमा रहेका छन् । अक्सिजन सिलिण्डर पर्याप्त मात्रामा उपलब्ध भए माग धान्न कुनै समस्या नरहेको अक्सिजन उत्पादक उद्योगीहरुले बताउँदै आएको छ ।
यस्तै विभिन्न ठाउँमा रोकिएका अक्सिजन सिलिण्डर संकलनको कामसमेत भइरहेको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समिर अधिकारीले जानकारी दिनुभएको छ ।
यस्तै, बिरामीलाई अक्सिजन पुर्याउन युवाहरु पनि स्वस्फूर्त रुपमा सक्रिय भएका छन् । हाम्रो टिम नेपाल र हाम्रो सानो प्रयास परिवारले अहिले अक्सिजनको सिलिण्डर पुर्याउन सहयोग गरिरहेको बताएका छन् । अक्सिजन आवश्यक परे ९८५११०२६५२, ९८५११०२६५३, ९८५११६६४३७, ९८५११०२६५४,९८४१६६९१७० र ९८५१०५४२८० नम्बरमा फोन गर्न आग्रह गरिएको छ ।
स्रोत :- उज्यालो अनलाइन


खबर सबै
-
सन्धिखर्क-गोरुसिङ्गे सडकमा राति यात्रा नगर्न प्रशासनको आग्रह
-
आज नाग पञ्चमी पर्व मनाईदै, कस्तो छ धार्मिक मान्यता ?
-
मोतिपुर प्रगतिशील युवा क्लवको अध्यक्षमा पुनः न्यौपाने निर्वाचित
-
प्रदेशसभाबाट विश्वासको मत लिने तयारीमा मुख्यमन्त्री आचार्य
-
‘सालको पात’ बेचेर चुल्हो बाल्ने ‘भवानी’
-
कपिलवस्तुको विजयनगरमा विद्यालय भवन शिलान्यास
-
प्रदेशसभाबाट विश्वासको मत लिने तयारीमा मुख्यमन्त्री आचार्य
-
‘सालको पात’ बेचेर चुल्हो बाल्ने ‘भवानी’
-
कपिलवस्तुको विजयनगरमा विद्यालय भवन शिलान्यास
-
कर्तव्य ज्यान मुद्दामा २० वर्ष सजाय तोकिएका व्यक्ति १३ वर्षपछि पक्राउ
-
बर्दियाबाट खैरो हेरोइनसहित एक जना पक्राउ
-
नागपञ्चमीमा कपिलवस्तुका सात स्थानीय तहमा बिदा






प्रतिक्रिया