एक वर्षभित्रै चुनाव गरौं : बाबुराम भट्टराई

जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष बाबुराम भट्टराईले वर्तमान र पूर्वप्रधानमन्त्रीहरू बाहेकको नेतृत्वमा सबै दलको सहभागिता हुने गरी राष्ट्रिय सरकार बनाउन प्रस्ताव गर्नुभएको छ । उहाँले सामाजिक सञ्जालमार्फत देशमा देखिएको संकट हल गर्न सबै दलको सहभागितामा सरकार बनाउन प्रस्ताव गर्नुभएको हो ।

विधानको धारा ७६ (२) अनुसार सबै दलको सहभागिता हुने गरी राष्ट्रिय सरकार बनाउन प्रस्ताव गर्नुभएको हो । यसमा दुई वा दुईभन्दा बढी दलको सहभागितामा सरकार बन्ने प्रावधान छ ।

भट्टराईले कोरोनाभाइरस रोकथाम तथा नियन्त्रण र संविधान संशोधनलगायत मुद्दासमेत प्राथमिकतामा राखेर हल गरिनुपर्ने उल्लेख गर्नुभएको छ । भट्टराईले एक वर्षभित्र चुनाव गर्न सकिने पनि प्रस्ताव अगाडि सार्नुभएको छ ।

 

 

प्रतिक्रिया

खबर सबै