देउवाले बोलाए सर्वदलीय बैठक, पौडेललाई जानकारी नै छैन

काठमाडौं

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सर्वदलीय बैठक आह्वान गरेका छन् । उनले आफ्नै निवास बूढानीलकण्ठमा आज दिउँसो २ बजे बस्ने गरी बैठक बोलाएका हुन् ।

बैठकमा प्रमुख राजनीतिक दलका शीर्ष नेताहरुलाई आमन्त्रण गरिएको छ । नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी (जसपा)लगायत दलका नेताहरुलाई बोलाइएको हो ।

यस्तै, नेकपा (एमाले)को खनाल–नेपाल समूहका नेताहरुलाई पनि बैठकमा डाकिएको गरिएको छ । तर, कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेललाई भने बैठकबारे जानकारी गराइएको छैन । पौडेलका सहयोगी चिरञ्जीवी अधिकारीले सर्वदलीय बैठकबारे कुनै जानकारी नआएको बाह्रखरीलाई बताए ।

बैठकमा नयाँ सरकार, पछिल्लो राजनीतिक घटनाक्रमलगायत विषयमा छलफल हुने जनाइएको छ । कांग्रेसले आफ्नो नेतृत्वमा सरकार गठनका लागि पहल थालेको हो ।

प्रतिक्रिया

खबर सबै