

भारतको गंगा नदीमा झण्डै एक सय जनाको शव भेटियो

काठमाण्डाै
भारतको गङ्गा नदीमा कम्तीमा एक सय जनाको शव भेटिएको छ । नदीमा एकैपटक ठूलो सङ्ख्यामा शव भेटिएको र ती शव कोरोना सङ्क्रमणबाट ज्यान गुमाएकाहरुको हुन सक्ने अनुमान छ ।
उत्तर प्रदेश सरकारले भने ४० जनाको शव भेटिएको र तीनीहरुले के कारणले ज्यान गुमाएका हुन् भन्ने अनुसन्धान भइरहेको बताएको बीबीसीले जनाएको छ । स्थानीयबासिन्दाले नदीमा अझै पनि शव देखिएको बताएका भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
भारतमा कोरोना सङ्क्रमणबाट ज्यान गुमाएका आफन्तको शवको अन्तिम संस्कार गर्न समस्या भोग्नुपरेको खबरहरु यसअघि नै आएका थिए । कतिपय शव अन्तिम संस्कारमा भएको समस्याले नदीमा बगाइएको हुन सक्ने र केही नदी किनारमा शव जलाउने क्रममा नजलिकन बगाइएको हुन सक्ने स्थानीयबासीन्दाले बताएका छन् ।
यसैबीच भारतमा दैनिक कोरोना सङ्क्रमण र मृत्युदर केही घटेको छ । केही दिनदेखि दैनिक लगातार चार लाख भन्दा धेरैमा सङ्क्रमण देखिँदै आएकोमा पछिल्लो २४ घण्टामा तीन लाख २९ हजार पाँच सयमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । यस्तै एक दिनमा तीन हजार आठ सय ७९ जनाको ज्यान गएको छ ।


खबर सबै
-
रुपन्देही : विद्युत् सबस्टेसनबाट १६ अजिङ्गरका बच्चा उद्धार
-
अर्घाखाँचीमा साठी हजार टिमुरका बिरुवा रोपिँदै
-
प्याराग्वेसँग गोलरहित बराबरी खेल्दै अस्ट्रेलिया विश्वकपको नकआउट चरणमा
-
भेनेजुएला भूकम्पमा २३५ जनाको मृत्यु, ३९ हजारभन्दा धेरै मानिस बेपत्ता आशंका
-
यी हुन् रास्वपाका ९९ विजयी केन्द्रीय सदस्य
-
‘प्रदीप प्रिन्टिङ वल्र्ड’बाट चम्किएका ‘प्रदीप’ : लुम्बिनी प्रदेशमै बने ‘उत्कृष्ट युवा उद्यमी’
-
भेनेजुएला भूकम्पमा २३५ जनाको मृत्यु, ३९ हजारभन्दा धेरै मानिस बेपत्ता आशंका
-
यी हुन् रास्वपाका ९९ विजयी केन्द्रीय सदस्य
-
‘प्रदीप प्रिन्टिङ वल्र्ड’बाट चम्किएका ‘प्रदीप’ : लुम्बिनी प्रदेशमै बने ‘उत्कृष्ट युवा उद्यमी’
-
विश्व बजारमा कच्चा तेलको मूल्य मध्यपूर्वको युद्ध शुरू हुनुअघि भन्दा पनि सस्तो
-
एन्फा निलम्बन प्रकरण : इतिहासमै ठूलो धक्का, समस्या समाधान कसरी होला ?
-
बुटवलमा नक्कली औषधि भेटिएको घटनाप्रति संघको गम्भीर ध्यानाकर्षण









प्रतिक्रिया