

ओलीलाई विश्वासको मत नदिने जनमोर्चाको घोषणा



काठमाडौं
राष्ट्रिय जनमोर्चाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत नदिने घोषणा गरेको छ । बरु जनमोर्चाले प्रधानमन्त्रीले राजीनामा दिनुपर्नेमा जोड दिएको छ । ओलीले विश्वासको मत लिने प्रयोजनका लागि बोलाइएको प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद दुर्गा पौडेलले आफूले ओलीको विपक्षमा मतदान गर्ने बताइन् ।
जनमोर्चाको प्रतिनिधिसभामा पौडेलको मात्रै प्रतिनिधित्व छ । सम्बोधनका क्रममा उनले ओलीले फेरि प्रतिनिधिसभा विघटन गर्न सक्ने र आजकै संसद बैठक अन्तिम भएको भन्ने कुरा समेत आएकाले सभामुखमार्फत प्रधानमन्त्रीको जवाफ माग गरिन् ।
यसअघि काँग्रेस, माओवादी केन्द्र र जसपाको उपेन्द्र यादव पक्षले ओलीलाई मत नदिने निर्णय गरिसकेको छ ।


खबर सबै
-
विनाशकारी बाढी : मृतकको सङ्ख्या २७० पुग्यो
-
नेपालका लागि भारतबाट आइपुग्यो ३७.५ टन राहत सामग्री
-
भोटेकोसी बाढी : १७७ शव फेला, ३३ घाइते उपचाररत
-
रसुवामा आएको बाढीपछि दाङका १० जना सम्पर्कविहीन
-
रसुवामा बाढी आउनुअघि नेपाल–चीन सीमा नजिक ४.४ म्याग्निच्युडको भूकम्प
-
रसुवा भन्सारबाट करिब पाँच सय गाडी बगाएको अनुमान, दुई दर्जन कर्मचारी सम्पर्कविहीन
-
रसुवामा आएको बाढीपछि दाङका १० जना सम्पर्कविहीन
-
रसुवामा बाढी आउनुअघि नेपाल–चीन सीमा नजिक ४.४ म्याग्निच्युडको भूकम्प
-
रसुवा भन्सारबाट करिब पाँच सय गाडी बगाएको अनुमान, दुई दर्जन कर्मचारी सम्पर्कविहीन
-
बाढी प्रभावितलाई डब्लूएचओले राहत सामग्री पठाउने
-
रसुवागढी भन्सारका १४ कर्मचारी सम्पर्कविहीन
-
‘हिमताल फुटेको हुनसक्छ, स्याटेलाइटबाट पनि हेर्दै छौँ’ : जल तथा मौसम विज्ञान






प्रतिक्रिया