

गल्ती आफूले गरेर दोष अरूलाई थुपार्न पाइँदैन, याे सरकार पूर्ण असफल छ : देउवा



काठमाण्डौ
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अरूमाथि दोष थोपरेर प्रधानमन्त्री केपी शर्मा ओली भाग्न नपाउने बताउनुभएको छ । अहिलेको अवस्था आउनुको एकमात्र कारण केपी शर्मा ओली रहेको भन्दै सभापति देउवाले दोष र गुनासो थोपरेर प्रधानमन्त्री ओली भाग्न नपाउने बताउनुभएकाे हाे ।
साेमवारकाे प्रतिनिधि सभाकाे बैठकमा बाेल्दै उहाँले मानिस जिम्मेवारीबाट भाग्न सक्ने तर आफैँबाट भाग्न नसक्ने भन्दै उहाँले एक पटक छातीमा हात राखेर मनन गर्न आग्रह गर्नुभयो ।
देश र नागरिकका लागि काम गर्न प्रधानमन्त्री ओलीलाई कसैले नरोकेको भन्दै उहाँले सरकारले कोरोना रोकथाममा कुनै काम गर्न नसकेको बताउनुभयो । नेपाली कांग्रेसले सरकारलाई काम गर्न हरेक अवस्थामा सहयोग गर्न तयार रहेको भए पनि प्रधानमन्त्री केपी शर्मा ओलीले असंवैधानिक काम गर्दै अघि बढेको बताउनुभयो ।
प्रतिनिधि सभा विघटन गरेर केपी शर्मा ओलीले असंवैधानिक काम गरेको भन्दै सभापति देउवाले सर्वोच्चको फैसलापछि नै नैतिकताको आधारमा राजीनामा दिनुपर्ने भए पनि त्यसो नगरेको बताउनुभयो । राज्यको महत्त्वपूर्ण वा सरकारका विभाग आपूमार्फत राख्ने प्रवृत्ति प्रधानमन्त्री ओलीले अघि बढाएको समेत उहाँले आराेप लगाउनुभयाे ।


खबर सबै
-
कपिलवस्तुमा सामाजिक विकृतिविरुद्ध सडक नाटक र देउसी–भैलो प्रतियोगिता हुँदै
-
बाणगंगा ९ का ५३ वर्षीय ऋषिराम अधिकारी बेपत्ता, खोजीकार्यमा सहयोग गरिदिन परिवारको आग्रह
-
अमेरिकामा आज मध्यावधि चुनाव, ट्रम्पलाई दुवै सदनमा बहुमत जोगाउने चुनौती
-
अन्तर्राष्ट्रिय क्रिकेटबाट अस्ट्रेलियाका ग्लेन म्याक्सवेलको सन्यास
-
आज र भोलि भिटामिन ‘ए’ तथा जुकाको औषधि खुवाइँदै
-
एनपीएल : विराटनगर-जनकपुर तथा लुम्बिनी-पोखरा भिड्दै
-
अन्तर्राष्ट्रिय क्रिकेटबाट अस्ट्रेलियाका ग्लेन म्याक्सवेलको सन्यास
-
आज र भोलि भिटामिन ‘ए’ तथा जुकाको औषधि खुवाइँदै
-
एनपीएल : विराटनगर-जनकपुर तथा लुम्बिनी-पोखरा भिड्दै
-
अर्घाखाँची : सात तालको लयमा गुन्जियो भैरव नाच
-
डीडीसीमा १२ करोडभन्दा बढी हानि पुर्याएको आरोपमा तत्कालीन महाप्रबन्धकसहित आठ जना पक्राउ
-
एनपीएलमा आज लुम्बिनी र चितवन तथा विराटनगर र सुदूरपश्चिम खेल्ने, वर्षा वाधक बन्न सक्ने







प्रतिक्रिया