

साढे १७ लाख भारुसहित एक पक्राउ



बर्दिया
प्रहरीले स्रोत नखुलेको १७ लाख ५० हजार भारुसहित सोमबार एक जनालाई पक्राउ गरेको छ । कैलाली टिकापुर नगरपालिका—१ का २९ वर्षीय गोपाल चौधरीलाई बर्दिया राजापुर—४ सत्तीघाटमा जाँच गर्दा झोलाभित्र राखेको स्रोत नखुलेको १७ लाख ५० हजार भारु फेला परेको प्रहरी उपरिक्षक ईश्वर कार्कीले बताए ।
सत्तीघाटमा उनले चलाएको सुपप्र ०१००१ प ८१४४ नम्बरको बाइकमा चढेर राजापुर तर्फ आउने क्रममा प्रहरी निरीक्षक सन्तोष घिमीरेको कमाण्डमा खटिएका प्रहरीले जाँच गरेका थिए । प्रहरीले झोलाबाट एक थान ल्याबटप, दुई थान मोबाइल र दुई वटा सिमकार्ड फेला पारेको छ ।
उनलाई आवश्यक कारबाहीका लागि राजश्व अनुसन्धान कार्यालय कोहलपुर पठाइएको प्रहरीले जनाएको छ ।









प्रतिक्रिया