

साढे १७ लाख भारुसहित एक पक्राउ



बर्दिया
प्रहरीले स्रोत नखुलेको १७ लाख ५० हजार भारुसहित सोमबार एक जनालाई पक्राउ गरेको छ । कैलाली टिकापुर नगरपालिका—१ का २९ वर्षीय गोपाल चौधरीलाई बर्दिया राजापुर—४ सत्तीघाटमा जाँच गर्दा झोलाभित्र राखेको स्रोत नखुलेको १७ लाख ५० हजार भारु फेला परेको प्रहरी उपरिक्षक ईश्वर कार्कीले बताए ।
सत्तीघाटमा उनले चलाएको सुपप्र ०१००१ प ८१४४ नम्बरको बाइकमा चढेर राजापुर तर्फ आउने क्रममा प्रहरी निरीक्षक सन्तोष घिमीरेको कमाण्डमा खटिएका प्रहरीले जाँच गरेका थिए । प्रहरीले झोलाबाट एक थान ल्याबटप, दुई थान मोबाइल र दुई वटा सिमकार्ड फेला पारेको छ ।
उनलाई आवश्यक कारबाहीका लागि राजश्व अनुसन्धान कार्यालय कोहलपुर पठाइएको प्रहरीले जनाएको छ ।


खबर सबै
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
विश्वभर एक अर्ब ३० करोड मानिस सुर्तीजन्य पदार्थको प्रयोगकर्ता, जोखिममा चार करोड बालबालिका
-
कुशल भुर्तेलद्वारा एकै ओभरमा ६ छक्का, चीनविरुद्ध बनाए ऐतिहासिक कीर्तिमान
-
बजेटमा कपिलवस्तु : उपस्थिति बढ्यो, कार्यान्वयनको परीक्षा बाँकी
-
तिलौराकोटलाई विश्व सम्पदा सूचीमा राख्न पहल गरिने
-
बजेटमा लुम्बिनी प्रदेश : सडक र सिँचाइ क्षेत्रलाई प्राथमिकता
-
बजेटमा कपिलवस्तु : उपस्थिति बढ्यो, कार्यान्वयनको परीक्षा बाँकी
-
तिलौराकोटलाई विश्व सम्पदा सूचीमा राख्न पहल गरिने
-
बजेटमा लुम्बिनी प्रदेश : सडक र सिँचाइ क्षेत्रलाई प्राथमिकता
-
सरकारले मदिरा र चुरोटको कर बढ्यो
-
२१ खर्ब २४ अर्ब ३४ करोड रुपैयाँको बजेट घोषणा
-
सरकारी कर्मचारीको तलब वृद्धि, नयाँ तलब अब कम्तीमा ४० हजारदेखि १ लाखसम्म कायम











प्रतिक्रिया