

रियल मड्रिडले शीर्ष स्थानमा उक्लने मौका गुमायो, सेभिल्लासँगको खेल बराबरी






काठमाण्डाै
स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिड र सेभिल्लाले बराबरी खेलेका छन् । गएराति भएको खेलमा रियल र सेभिल्लाले २–२ गोल गरे । उपाधि भिडन्तमा निकै महत्व बोकेको खेलमा इन्जुरी समयमा गोल गर्दा खेल २–२ को बराबरीमा सकिएको हो ।
रियलका लागि मार्को एसेन्सिओले र इडन हजार्डले एक एक गोल गरे भने सेभिल्लाका लागि रिगेसले र रेकिटिकले एक एक गोल गरे । सेभिल्लाका लागि खेलको २२ औँ मिनेटमा रिगेसले गोल गरे भने ७८ औँ मिनेटमा पाएको पेनाल्टीमा रेकिटिकले गोल गरि पुनः सेभिल्लालाई अग्रता दिलाएका थिए ।
रियलका मार्को एसेन्सिओले ६७ औँ मिनेटमा गोल गरे । यस्तै, खेलको इन्जुरी समयको ९४ औँ मिनेटमा इडन हजार्डले गोल गरि रियल मड्रिडलाई हारबाट जोगाएका थिए । बराबरीसँगै रियलले शीर्ष स्थानमा उक्लिने मौका गुमाएको छ ।
दोस्रो स्थानको रियल शीर्ष स्थानको एथलेटिको मडिड्र भन्दा दुई अंकले पछि छ । रियलको ७५ अंक छ भने एथ्लेटिको ७७ अंक छ । यस्तै, गएराति नै भएका अरु खेलमा एइबरले गेटाफलेलाई १-० गोल अन्तरले पराजित गरेको छ । भ्यालेन्सियाले रियल भालाडोलिडलाई ३-० तथा सेल्टा डि भिगोले भिल्लारियललाई ४-२ गोल अन्तरले पराजित गरेका छन् ।


खबर सबै
-
विश्वकप लिग-२ : नेपाल र यूएई भिड्दै
-
आज २५७०औँ बुद्ध जयन्ती, बुद्ध जन्मस्थल लुम्बिनीमा विशेष पूजा
-
खाना पकाउने एलपी ग्यासको मूल्य बढ्यो
-
करिब ४० किलोमिटर लामो ‘धानखोला–लमही’ सडक स्तरोन्नति सुरू
-
अभावबाट उठेको हिम्मत : सानो व्यवसायले ठूलो परिवार धानेका ‘इन्द्र’
-
रोल्पा जिप दुर्घटनामा परी मृत्यु हुनेको संख्या २० पुग्याे











प्रतिक्रिया