

बाडगङ्गा मा अक्सिजन बैंक संचालन



कपिलवस्तु
बाडगङ्गा नगर क्षेत्र भित्र रहेका विभिन्न गैर नाफामुलक सस्थाहरु लायन्स क्लब अफ बाडगङ्गा , लायन्स क्लब अफ कपिलवस्तु ,कपिलवस्तु जेसिस ,सिद्धार्थ सामाजिक बिकास केन्द्र , बाडगङ्गा ट्रक यातायात ब्याबसायी समिती , कपिलवस्तु सामुदायिक अस्पताल तथा नेपाल रास्ट्रीय उद्योग ब्यापार सङ्गठन कपिलवस्तु लगायत को पहलमा बाडगङा मा अक्सिजन बैंक सन्चालनमा आयेको हो ।
बाडगङ्गा नगरपालिका भित्र कोभिड 19 तथा अन्य सङ्क्रमण एबम जोखिमयुक्त प्रकोप मा सङ्क्रमितहरुको अक्सिजन अभाब मा ज्यान गुमाउनु नपरोस भन्ने उदेश्य ले अक्सिजन बैंक सन्चालन मा ल्याइयको अभियान का सम्योजक रमेस चन्द्र भुसाल ले जानकारी गराउनु भयेको छ । उक्त अक्सिजन बैंक संचालन गर्न जिल्ला का विभिन्न संघ सस्था तथा स्वयंसेबिहरुले आर्थिक भौतिक सहयोग गरिरहेको र जोडिने क्रम जारी रहेकोले अभियान सहज रुपमा सन्चालन भैरहेको जानकारी पनि सम्योजक भुसाल ले दिनु भयेको छ ।
त्यसैगरी यश क्षेत्रका समस्त उद्योगि ब्याबसायिहरुले अभियान लाई सार्थक बनाउन अपेक्षित सहयोग गरिरहेको र बर्तमान समयमा आबस्यक सहयोग को लागि सम्पुर्ण ब्याबसायी लाई अपिल समेत गरियको जानकारी नेपाल रास्ट्रीय उद्योग ब्यापार सङ्गठन कपिलवस्तु का अध्यक्ष हुमनाथ पौडेल ले जानकारी दिनुभयो । लायन्स क्लब एरिया 4 B2 बाट ११ थान अक्सिजन सिलिन्डर निसुल्क भर्ने ब्याबस्था गरियको जानकारी अभियान का सदस्य एबम लायन्स क्लब अफ कपिलवस्तु का अध्यक्ष सुरेन्द्र घिमिरे ले जानकारी गराउनु भयेको छ ।
अभियान सम्पन्न भये सङ्गै सामाजिक लेखाको आधार मा हर हिसाब पारदर्शी रुपमा सार्बजनिक गरिने भयेकोले सबैलाई अभियान मा जोडिन अभियान का कोषाध्यक्ष एबम कपिलवस्तु जेसिस का अध्यक्ष भिमकान्त भट्टराई ले आग्रह गर्नु भयो । सामाजिक सङ्घ सस्थाहरुको समेत महामारी को बेला विभिन्न प्रकार को सामाजिक उत्तरदायित्व हुने हुनाले यो महा अभियान मा जोडिन सिद्धार्थ सामाजिक बिकास केन्द्र का अध्यक्ष तेज प्रसाद आचार्य ले आभ्वान गर्नु भयेको छ ।


खबर सबै
-
सन्धिखर्क-गोरुसिङ्गे सडकमा राति यात्रा नगर्न प्रशासनको आग्रह
-
आज नाग पञ्चमी पर्व मनाईदै, कस्तो छ धार्मिक मान्यता ?
-
मोतिपुर प्रगतिशील युवा क्लवको अध्यक्षमा पुनः न्यौपाने निर्वाचित
-
प्रदेशसभाबाट विश्वासको मत लिने तयारीमा मुख्यमन्त्री आचार्य
-
‘सालको पात’ बेचेर चुल्हो बाल्ने ‘भवानी’
-
कपिलवस्तुको विजयनगरमा विद्यालय भवन शिलान्यास
-
प्रदेशसभाबाट विश्वासको मत लिने तयारीमा मुख्यमन्त्री आचार्य
-
‘सालको पात’ बेचेर चुल्हो बाल्ने ‘भवानी’
-
कपिलवस्तुको विजयनगरमा विद्यालय भवन शिलान्यास
-
कर्तव्य ज्यान मुद्दामा २० वर्ष सजाय तोकिएका व्यक्ति १३ वर्षपछि पक्राउ
-
बर्दियाबाट खैरो हेरोइनसहित एक जना पक्राउ
-
नागपञ्चमीमा कपिलवस्तुका सात स्थानीय तहमा बिदा






प्रतिक्रिया