

भारतमा कोरोना विरुद्धको खोप ओसार्न ड्रोनको प्रयोग गर्न अनुमति


काठमाण्डाै
भारत सरकारले कोरोना खोप ओसार्नको लागि ड्रोनको प्रयोग गर्न अनुमति दिएको छ ।
ग्रामीण भेगमा खोपको सहज आपूर्तिका लागि ड्रोनको प्रयोग गर्न अनुमति दिएको बीबीसीले जनाएको छ । भारतको नागरिक उड्ययन मन्त्रालय र महानिर्देशनालयले पहिलो चरणमा तेलंगना सरकारलाई खोप ओसार्न ड्रोन प्रयोग गर्न स्वीकृति दिएको छ ।
यही महिनाको अन्त्यसम्म ड्रोनबाट खोप पुर्याउने कामको परीक्षण गरिने तेलंगना राज्यका सरकारी अधिकारीहरूले बताएका छन् । यसअघि इण्डियन काउन्सिल अफ मेडिकल रिसर्च (आईसीएमआर)ले कोरोना खोप ओसार्न ड्रोन उपयोग गर्न अनुमति दिएको थियो ।
खोप पुर्याउने यस्ता ड्रोन उडाउँदा हवाइ नियम पालनामा केही छुट पनि दिइएको छ । ड्रोनबाट खोप ओसार्दा दुर्गम बस्तीमा चाँडो र सहज रुपमा खोप पुर्याउन सकिने भारत सरकारले बताएको बीबीसीले जनाएको छ ।
सडक यातायातको पहुँच नभएको ठाउँसम्म खोप लैजान ढुवानी तथा चिस्यान लगायतको व्यवस्थापन गर्न कठिन हुने भएकोले आवश्यकता अनुसार ड्रोनमार्फत ओसार्दा सहज हुने भारत सरकारको भनाइ छ ।


खबर सबै
-
रुपन्देही : विद्युत् सबस्टेसनबाट १६ अजिङ्गरका बच्चा उद्धार
-
अर्घाखाँचीमा साठी हजार टिमुरका बिरुवा रोपिँदै
-
प्याराग्वेसँग गोलरहित बराबरी खेल्दै अस्ट्रेलिया विश्वकपको नकआउट चरणमा
-
भेनेजुएला भूकम्पमा २३५ जनाको मृत्यु, ३९ हजारभन्दा धेरै मानिस बेपत्ता आशंका
-
यी हुन् रास्वपाका ९९ विजयी केन्द्रीय सदस्य
-
‘प्रदीप प्रिन्टिङ वल्र्ड’बाट चम्किएका ‘प्रदीप’ : लुम्बिनी प्रदेशमै बने ‘उत्कृष्ट युवा उद्यमी’
-
भेनेजुएला भूकम्पमा २३५ जनाको मृत्यु, ३९ हजारभन्दा धेरै मानिस बेपत्ता आशंका
-
यी हुन् रास्वपाका ९९ विजयी केन्द्रीय सदस्य
-
‘प्रदीप प्रिन्टिङ वल्र्ड’बाट चम्किएका ‘प्रदीप’ : लुम्बिनी प्रदेशमै बने ‘उत्कृष्ट युवा उद्यमी’
-
विश्व बजारमा कच्चा तेलको मूल्य मध्यपूर्वको युद्ध शुरू हुनुअघि भन्दा पनि सस्तो
-
एन्फा निलम्बन प्रकरण : इतिहासमै ठूलो धक्का, समस्या समाधान कसरी होला ?
-
बुटवलमा नक्कली औषधि भेटिएको घटनाप्रति संघको गम्भीर ध्यानाकर्षण









प्रतिक्रिया