

आज कानुन दिवस मनाइँदै


काठमाण्डाै
आज विभिन्न कार्यक्रम गरी कानुन दिवस मनाइँदैछ । नेपालमा विस. २००९ सालमा प्रधान न्यायालय ऐन २००८ जारी भएको दिनको सम्झनामा बैशाख २६ गते कानुन दिवस मनाउने गरिन्छ ।
यो ऐनले प्रधान न्यायालयबाट भएका आदेश तथा फैसला अकाट्य तथा अन्तिम हुने कानुनी व्यवस्था गरेको थियो । नेपालको न्यायिक इतिहासमा प्रजातन्त्र, मानव अधिकार र स्वतन्त्र न्यायपालिकाको प्रस्थानविन्दुको रुपमा लिइन्छ ।
कानुनसँग सम्बन्धित संघसँस्थाले २०३१ सालदेखि बैशाख २६ गते कानुन दिवस मनाउँदै आएका छन् । कोरोना सङक्रमण जोखिमका कारण यसवर्ष भौतिक रुपमा कार्यक्रम हुने छैनन् ।
दिवसका अवसरमा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले संविधानले प्रत्याभूत गरेको स्वतन्त्र, निस्पक्ष र विधिको शासनको सुनिश्चितता गर्दै सहज पहुँचयुक्त न्याय प्रणालीको स्थापना र विकासमा प्रतिबद्ध रहेको बताउनुभएको छ । उहाँले न्याय, समानता र विधिको शासनको प्रत्याभूतिका लागि क्रियाशील रहन दिवसले सबैमा थप हौसला र प्रेरणा प्रदान गर्ने विश्वास समेत व्यक्त गर्नुभएको छ ।


खबर सबै
-
भोटेकोसी बाढी : १७७ शव फेला, ३३ घाइते उपचाररत
-
रसुवामा आएको बाढीपछि दाङका १० जना सम्पर्कविहीन
-
रसुवामा बाढी आउनुअघि नेपाल–चीन सीमा नजिक ४.४ म्याग्निच्युडको भूकम्प
-
रसुवा भन्सारबाट करिब पाँच सय गाडी बगाएको अनुमान, दुई दर्जन कर्मचारी सम्पर्कविहीन
-
बाढी प्रभावितलाई डब्लूएचओले राहत सामग्री पठाउने
-
रसुवागढी भन्सारका १४ कर्मचारी सम्पर्कविहीन
-
रसुवा भन्सारबाट करिब पाँच सय गाडी बगाएको अनुमान, दुई दर्जन कर्मचारी सम्पर्कविहीन
-
बाढी प्रभावितलाई डब्लूएचओले राहत सामग्री पठाउने
-
रसुवागढी भन्सारका १४ कर्मचारी सम्पर्कविहीन
-
‘हिमताल फुटेको हुनसक्छ, स्याटेलाइटबाट पनि हेर्दै छौँ’ : जल तथा मौसम विज्ञान
-
टिमुरेमा ड्युटीमा खटिएका नौजना सशस्त्र प्रहरी सम्पर्कविहीन
-
बेत्रावतीको नामै लिएर महाशाखाले दिएको थियो ठूलो बाढीको चेतावनी






प्रतिक्रिया