बिहिबार मात्र १२५ सवारी साधन कपिलवस्तु प्रहरीको कारबाहीमा

कपिलवस्तु

कोरोना संक्रमितको फैलन नदिनकालागि जारी निषेधाज्ञाको उल्लंघन गर्ने कपिलवस्तुका १२५ वटा सवारी साधनलाई कपिलवस्तु प्रहरीले कारबाही गरिएको छ ।

संक्रमण थप फैलिन नदिन तथा नियन्त्रण र व्यवस्थापन गर्न गत बैशाख २१ देखि निषेधाज्ञा जारी छ । जिल्ला र मातहत समेतले गरी विभिन्न स्थानमा निषेधाज्ञाको अवज्ञा गर्ने तथा आफु खुसी सवारी कारबाही गरिएको प्रहरी उपरिक्षक नवराज अधिकारीले बताए ।
बिहिबार कपिलवस्तु प्रहरीले विभिन्न क्षेत्रबाट निषेधाज्ञा अवज्ञा गर्ने तथा आफु खुसी सवारी साधनमा आवत–जावत गर्ने व्यक्तिहरुबाट स्कार्पियो १, विङ्गर १, मो.सा. ११२ र अटोरिक्सा ९ साईकल २ गरी जम्मा १२५ सावारी साधनहरु नियन्त्रणमा लिई तोकिएको कानून बमोजिम आवश्यक कारवाही गरेको प्रहरीले जनाएको छ।

साथै अनावश्यक हिंडडुल गर्ने व्यक्तिहरुलाई केही समय होल्ड गरी सम्झाई बुझाई, मास्क प्रयोग नगरेका व्यक्तिहरुलाई मास्क समेत दिई घर पठाईएको प्रहरीले जनाएको छ ।

हाल विश्वकै अवस्था जीवन–मरणको संघारमा रहेको र मानवीय जगतको अस्तित्वका लागि पनि हामी केही समय घर भित्रै रहेर साथ र सहयोग गरिदिनु हुन जिल्ला प्रहरी कार्यालय, कपिलवस्तु अपिल गरेको छ । प्रहरीले भन्यो तपाईंहरु घरमै बस्नुहोस, हामी हजुरहरुको सुरक्षामा २४ घण्टा बाहिरै छौं ।

प्रतिक्रिया

खबर सबै