

शेयर बजार १२ अङ्कभन्दा धेरैले घट्याे


काठमाण्डाै
शेयर बजार परिसूचक नेप्से बिहीवार (आज) १२ अङ्कभन्दा धेरैले घटेको छ । नेप्से आज १२ दशमलव ४७ अङ्कले घटेर दुई हजार ६ सय ३७ दशमलव १३ अङ्कमा पुगेको छ ।
आज व्यापार समूहको शेयर ६२ दशमलव ९९ अङ्कले, होटल र पर्यटनको ४४ दशमलव ४, हाइड्रोपावरको ४९ दशमलव ३९, निर्जीवन बीमाको एक सय ३० दशमलव ३१, माइक्रोफाइनान्सको ६३ दशमलव ८५ र जीवन बीमा समूहको शेयर दुई सय ३९ दशमलव ३३ अङ्कले घटेको छ । आज बैंकिङ समूहको शेयर सात दशमलव ११ अङ्कले, फाइनान्सको तीन दशमलव ५ र लगानी समूहको शेयर भने शून्य दशमलव १५ अङ्कले बढेको छ ।
आज दुई सय १६ कम्पनीको एक करोड ५९ लाख कित्ता शेयर ६ अर्ब १ करोड रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्टमेन्ट तथा विकास कम्पनीको ४६ करोड रुपैयाँको शेयर कारोबार भएको छ ।
आज विशाल बजार कम्पनीको शेयर १० प्रतिशतले घट्दा सिंगटी हाइड्राेकाे शेयर नाै प्रतिशतभन्दा धेरैले घटेकाे छ । समग्र बजार घटे पनि जनउत्थान सामुदायिक र खानीखोला हाइड्रोपावरको शेयर १० प्रतिशतले बढेको छ ।


खबर सबै
-
बाढीको वितण्डा : कपिलवस्तुका आशिषको पर्खाइमा वृद्ध आमाबुवा
-
सडक डिभिजन दाङका कार्यालय प्रमुखसहित नौ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
-
बाँकेमा ३५ हजार जनसंख्या बाढी र डुबानको जोखिममा
-
कोइलीचौर सामुदायिक वनको २७औँ साधारणसभा, वन संरक्षणसँगै शिक्षा र आयआर्जनमा जोड
-
डब्लुएचओद्वारा एक लाख ५० हजार अमेरिकी डलर बराबरको सहयोग प्रदान
-
एसिसी प्रिमियर कपः उपाधिसँगै एसिया कपमा स्थान बनाउने नेपालको लक्ष्य
-
कोइलीचौर सामुदायिक वनको २७औँ साधारणसभा, वन संरक्षणसँगै शिक्षा र आयआर्जनमा जोड
-
डब्लुएचओद्वारा एक लाख ५० हजार अमेरिकी डलर बराबरको सहयोग प्रदान
-
एसिसी प्रिमियर कपः उपाधिसँगै एसिया कपमा स्थान बनाउने नेपालको लक्ष्य
-
बाढीको वितण्डा : अठार जनाको शव बुटवलमा
-
दुना–टपरी व्यवसायले बदलिँदै महिलाको जीवन
-
भारतले चौथो पटक पठायो प्राविधिक टोलीसहित राहत सामग्री






प्रतिक्रिया