

अमेरिकाले १२ देखि १५ वर्ष उमेर समूहलाई फाइजर खोप दिन अनुमति दिने


काठमाण्डाै
अमेरिकी खाद्य तथा औषधि नियामक एफडीएले १२ देखि १५ वर्ष उमेर समूहका व्यक्तिलाई पनि कोरोना विरुद्धको खोप दिन अनुमति दिने भएको छ ।
एफडीएले आउँदो हप्ता कोरोना भाइरसविरुद्धको फाइजर खोप १२ देखि १५ वर्षसम्मका बालबालिका तथा किशोरकिशोरीलाई लगाउन स्वीकृति दिने तयारी गरेको एफडीएका अधिकारीलाई उदृत गर्दै समाचारसंस्था सीएनएनले जनाएको छ । १२ देखि १५ वर्ष उमेर समूहका २२ सय ६० जनामा गरेको परीक्षणमा शत प्रतिशत राम्रो नतिजा आएपछि अनुमति दिन लागेको खबरमा उल्लेख छ ।
यसअघिका कुनै पनि खोप १६ वर्षमुनिकालाई लगाउन अनुमति दिइएकाे छैन । फाइजरको खोप यसअघि १६ वर्षमाथिकालाई र अन्य खोप १८ वर्षमाथिका लागि अनुमति प्राप्त छन् । कोरोना भाइरसका पछिल्ला भेरियन्टहरुले बालबालिकामा सङ्क्रमण तथा मृत्युको दर बढाएपछि कम उमेरकालाई खोप दिनेबारेमा परीक्षणहरु भइरहेका छन् ।
फाइजर कम्पनीले आफ्नो खोप ६ महिनादेखि वर्षसम्मका बालबालिकाका लागि पनि परीक्षण भइरहेको र सम्भवत सन् २०२२ सम्ममा १२ वर्षमुनिका बालबालिकालाई खोप तयार हुने फाइजर कम्पनीलाई उदृत गर्दै सीएएनले जनाएको छ ।


खबर सबै
-
सन्धिखर्क-गोरुसिङ्गे सडकमा राति यात्रा नगर्न प्रशासनको आग्रह
-
आज नाग पञ्चमी पर्व मनाईदै, कस्तो छ धार्मिक मान्यता ?
-
मोतिपुर प्रगतिशील युवा क्लवको अध्यक्षमा पुनः न्यौपाने निर्वाचित
-
प्रदेशसभाबाट विश्वासको मत लिने तयारीमा मुख्यमन्त्री आचार्य
-
‘सालको पात’ बेचेर चुल्हो बाल्ने ‘भवानी’
-
कपिलवस्तुको विजयनगरमा विद्यालय भवन शिलान्यास
-
प्रदेशसभाबाट विश्वासको मत लिने तयारीमा मुख्यमन्त्री आचार्य
-
‘सालको पात’ बेचेर चुल्हो बाल्ने ‘भवानी’
-
कपिलवस्तुको विजयनगरमा विद्यालय भवन शिलान्यास
-
कर्तव्य ज्यान मुद्दामा २० वर्ष सजाय तोकिएका व्यक्ति १३ वर्षपछि पक्राउ
-
बर्दियाबाट खैरो हेरोइनसहित एक जना पक्राउ
-
नागपञ्चमीमा कपिलवस्तुका सात स्थानीय तहमा बिदा






प्रतिक्रिया