

कपिलवस्तुमा साढे ६ सय नजिक पुगे कोरोनाका सक्रिय संक्रमित


कपिलवस्तु ।
कपिलवस्तु जिल्लामा भोली देखि निषेधालज्ञा लागु हुदैँ छ । जिल्लामा कोरोनाको जोखिम उच्च तहमा पुगे सँगै जिल्ला प्रशासन कार्यालय अन्तरगतको जिल्ला कोरोना संकट व्यवस्थापन केन्द्रको बैठकले बैशाख २१ देखि ३१ गतेसम्म निषेधाज्ञा लगाउने निर्णय गरेको हो । निषेधाज्ञाको समयमा अति आवश्यक बस्तुका लागि बिहान ९ बजे देखि १ बजे सम्म भने खुल्ला हुने जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
लुम्बिनी प्रदेश अन्य जिल्लामा निषेधाज्ञा जारी छ भने कपिलवस्तुमा दैनिक संक्रमितको संख्या बृद्धि भए सँगै जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा लगाउने निर्णय लिएको हो । केहि दिन अघि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कपिलवस्तु सहित २२ जिल्लालाई अति प्रभावित जिल्लाको रुपमा राखेको थियो । अहिले कपिलवस्तुमा कोरोनाका संक्रमितको संख्या २ हजार ७ सय ३९ पुगेको छ भने जिल्लामा संक्रिय संक्रमितको संख्या ६ सय ३९ पुगेको स्वास्थ्य कार्यालय कपिलवस्तुले जनाएको छ । तराईका जिल्लामा पाँच सय बढी सक्रिय संक्रमित पुगे पछि निषेधाज्ञा गर्न सरकारले जिल्ला प्रशासनलाई अनुमति प्रदान गरेको छ । यस्तै कपिलवस्तुमा आज थप ३ जनाको ज्यान गएको छ । यो सँगै कपिलवस्तुमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ५१ पुगेको स्वास्थ्य कार्यालयका कोरोना फोकल पर्सन उमेश घिमिरेले जानकारी दिनुभयो ।


खबर सबै
-
बैँकिङ् कसुरका फरार पुरूष पक्राउ
-
कपिलवस्तुमा ‘पञ्जाबी तड्का’को तीज धमाका, ५ सयदेखि १ हजारमै स्वादिष्ट स्पेशल प्याकेज
-
टप एन्ड सिरिज अन्तर्गत आज नेपाल ए ले होबर्ट हुरिक्यान्स एकेडेमीसँग खेल्दै
-
छोराको हत्याको खबर सुनेपछि दाङमा आमाको पनि मृत्यु
-
सैनामैनाले फोहोर व्यवस्थापन केन्द्र एकला पहाडमा बनाउने तयारी
-
नेपालसहित ७५ मुलुकका लागि ट्रम्प प्रशासनको कडा आप्रवासी भिसा नीति अदालतबाट खारेज
-
छोराको हत्याको खबर सुनेपछि दाङमा आमाको पनि मृत्यु
-
सैनामैनाले फोहोर व्यवस्थापन केन्द्र एकला पहाडमा बनाउने तयारी
-
नेपालसहित ७५ मुलुकका लागि ट्रम्प प्रशासनको कडा आप्रवासी भिसा नीति अदालतबाट खारेज
-
भर्तापुरमा रास्वपाको पहिलो टोल भेला सम्पन्न, ११ सदस्यीय टोल समिति गठन
-
३ वर्षीय बालिका गरिमा चौधरीको हत्याको विरोधमा कपिलवस्तुमा प्रदर्शन
-
कपिलवस्तुमा २३० लिटर घरेलु मदिरा बरामद गरी नष्ट






प्रतिक्रिया