

देशभर ५ सय ५० जना पत्रकार कोरोना संक्रमित


काठमाडौं
कोरोना भाइरस संक्रमणका कारण नेपालमा सात जना पत्रकारको मृत्यु भएको छ । पत्रकार महासंघका अनुसार हालसम्म ५ सय ५० पत्रकार कोरोनाबाट संक्रमित भएका छन् ।
महासंघका महासचिव रोशन पुरीका अनुसार संक्रमितमध्ये २० जनाको अस्पतालमा उपचार भइरहेको छ भने दुई जना पत्रकारको आईसीयूमा उपचार भइरहेको छ । सञ्चार क्षेत्र पनि कोरोनाको दोस्रो लहरबाट प्रभावित भएको प्रति महासंघ दुःखी र चिन्तित भएको विज्ञप्तिमा उल्लेख छ ।
‘अग्रभागमा रहेर काम गर्ने पत्रकारहरूको यतिखेर स्वास्थ्य सुरक्षाको विषय चुनौतीपूर्ण बनेको छ । यो संवेदनशील घडीमा अनेक कठिनाइका बाबजुद कार्यस्थलमा खटिने पत्रकारहरू अझ बढी गम्भीर र सचेत हुनु जरुरी छ,’ महासचिव पुरीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘महासंघ यस्तो विषम परिस्थितिमा आफ्नो पेसागत धर्म निर्वाहका क्रममा संवेदनशील भई पूर्वसतर्कताका सम्पूर्ण स्वास्थ्य सुरक्षाका उपाय र मापदण्डहरू अवलम्बन गर्न सबै पत्रकारमा अपिल गर्दछ ।’
महासंघले गरेको आग्रहअनुसार सबै प्रदेश र शाखाहरूले कोरोना संक्रमित पत्रकार तथा सञ्चारकर्मीको उद्धार तथा उपचारमा सक्रिय सहभागिता देखाइरहेका छन् । कतिपय शाखामा अक्सिजनसहितको आइसोलेसनको व्यवस्था गरिएको महासचिव पुरीले जानकारी दिए ।
‘यो विषम परिस्थितिमा महासंघले पत्रकारको स्वास्थ्य सुरक्षा तथा पेसागत सुरक्षामा आपत्कालीन टोली नै बनाएर काम गर्न निर्देशन गरेको छ । सोहीअनुसार सहभागिता जनाउन सबै प्रदेश समिति र शाखाहरूसहित पत्रकारहरूलाई महासंघ अनुरोध गर्दछ,’ विज्ञप्तिमा भनिएको छ ।
साथै, महासंघले कोरोना संक्रमणको अवस्थामा फिल्डमा खटिइरहेका पत्रकारहरूका लागि सुलभ पीसीआर परीक्षणलगायत स्वास्थ्य सामग्री, स्वास्थ्य सुरक्षाको व्यवस्था मिलाउन र आवश्यक सुरक्षा सामग्रीको व्यवस्था गर्न सकारसँग आग्रह गरेको छ । कोरोना संक्रमण भई उपचारको आवश्यकता भएका पत्रकारहरूका लागि निःशुल्क उपचारको प्रबन्ध मिलाउनसमेत महासंघले सरकारको ध्यानाकर्षण गराएको छ ।


खबर सबै
-
बैँकिङ् कसुरका फरार पुरूष पक्राउ
-
कपिलवस्तुमा ‘पञ्जाबी तड्का’को तीज धमाका, ५ सयदेखि १ हजारमै स्वादिष्ट स्पेशल प्याकेज
-
टप एन्ड सिरिज अन्तर्गत आज नेपाल ए ले होबर्ट हुरिक्यान्स एकेडेमीसँग खेल्दै
-
छोराको हत्याको खबर सुनेपछि दाङमा आमाको पनि मृत्यु
-
सैनामैनाले फोहोर व्यवस्थापन केन्द्र एकला पहाडमा बनाउने तयारी
-
नेपालसहित ७५ मुलुकका लागि ट्रम्प प्रशासनको कडा आप्रवासी भिसा नीति अदालतबाट खारेज
-
छोराको हत्याको खबर सुनेपछि दाङमा आमाको पनि मृत्यु
-
सैनामैनाले फोहोर व्यवस्थापन केन्द्र एकला पहाडमा बनाउने तयारी
-
नेपालसहित ७५ मुलुकका लागि ट्रम्प प्रशासनको कडा आप्रवासी भिसा नीति अदालतबाट खारेज
-
भर्तापुरमा रास्वपाको पहिलो टोल भेला सम्पन्न, ११ सदस्यीय टोल समिति गठन
-
३ वर्षीय बालिका गरिमा चौधरीको हत्याको विरोधमा कपिलवस्तुमा प्रदर्शन
-
कपिलवस्तुमा २३० लिटर घरेलु मदिरा बरामद गरी नष्ट






प्रतिक्रिया