

कारभित्र मृत भेटिएका बालकहरूको खुल्यो पहिचान


दाङ
दाङमा पार्किङ गरिराखेको भारतीय नम्बर प्लेटको कारभित्र मृत फेला परेका तीन बालकहरूको पहिचान खुलेको छ।
उनीहरू सबै तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ६ बरूवा गाउँका हुन्।
इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार कारभित्र मृत भेटिएका स्थानीय किरण परियारका छोरा ६ वर्षीय करण परियार तथा स्थानीय सन्तोष परियारका छोरा ७ वर्षीय सुवास भनिने सुवर्ण परियार र सोही ठाउँका स्थानीय भीमबहादुर परियारका छोरा ९ वर्षीय सन्दिप परियार हुन्।
मृतकमध्ये दुई दाजुभाइका छोरा रहेको खुलेको छ। शवलाई परीक्षणका लागि तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा लगिएको छ। शवको परीक्षण कहाँ गर्ने भन्ने यकिन भइसकेको छैन।
अभिभावकहरूले आफ्ना छोराहरू वैशाख १६ गतेदेखि हराइरहेको बताएका छन्। उनीहरूले १७ गते प्रहरी कार्यालयमा छोराहरू खोजिदिन निवेदन पनि दिएका थिए।
तीन बालकको शव एकै कारभित्र फेला परे पनि घटनाबारे अहिलेसम्म प्रहरीले पत्ता लगाउन सकेको छैन। घटना कसले र किन गर्यो भन्ने अनुसन्धानकै क्रममा छ।
यसैबीच प्रनाउ सिंहका अनुसार कार धनी यादवप्रसाद गैरे रहेको पत्ता लागेको छ। उनलाई अनुसन्धानका लागि झिकाइएको प्रनाउ सिंहले बताए।


खबर सबै
-
रसुवामा बाढी आउनुअघि नेपाल–चीन सीमा नजिक ४.४ म्याग्निच्युडको भूकम्प
-
रसुवा भन्सारबाट करिब पाँच सय गाडी बगाएको अनुमान, दुई दर्जन कर्मचारी सम्पर्कविहीन
-
बाढी प्रभावितलाई डब्लूएचओले राहत सामग्री पठाउने
-
रसुवागढी भन्सारका १४ कर्मचारी सम्पर्कविहीन
-
‘हिमताल फुटेको हुनसक्छ, स्याटेलाइटबाट पनि हेर्दै छौँ’ : जल तथा मौसम विज्ञान
-
टिमुरेमा ड्युटीमा खटिएका नौजना सशस्त्र प्रहरी सम्पर्कविहीन
-
रसुवागढी भन्सारका १४ कर्मचारी सम्पर्कविहीन
-
‘हिमताल फुटेको हुनसक्छ, स्याटेलाइटबाट पनि हेर्दै छौँ’ : जल तथा मौसम विज्ञान
-
टिमुरेमा ड्युटीमा खटिएका नौजना सशस्त्र प्रहरी सम्पर्कविहीन
-
बेत्रावतीको नामै लिएर महाशाखाले दिएको थियो ठूलो बाढीको चेतावनी
-
अम्बिका काफ्लेलाई लुम्बिनी प्रदेशसभा सदस्यबाट हटाउन सिफारिस
-
बैँकिङ् कसुरका फरार पुरूष पक्राउ






प्रतिक्रिया