

दाङमा चार महिनादेखि पार्किङमा राखेको कारमा तीन शव फेला



दाङ
दाङको तुलसीपुरको स्याउली बजारमा पार्किङ गरि राखेको एउटा कारभित्र तीन वटा शव फेला परेका छन् ।
तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ६ मा रहेकाे स्याउली बजारमा पार्किङ गरि राखेको इण्डियन नम्बर प्लेटको जे ०१६६०८८५ नम्बरको निशानको कारभित्र तीन शव फेला परेका हुन् । कार विगत चार मिहनादेखि त्याे स्थानमा पार्किङ गरेर राखिएकाे प्रहरीले जनाएका छन् ।
‘चार महिनादेखि पार्किङ गरि राखेको कारभित्र तीन वटा शवहरु फेला परेका छन्,’ इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डीएसपी शिवबहादुर सिंहले भन्नुभयो, ‘बेलुका ८ बजे तिर म यहाँ आइपुगेका छु घटना बारे अनुसन्धान हुँदै छ ।’
घटनाको अवस्था नियाल्दा गम्भीर प्रकृतिको देखिएकाले अनुसन्धान नगरी केही भन्न मिल्ने अवस्था नरहेको डीएसपी सिंहले बताउनुभयो। डीएसपी सिंहले गाडी स्याउली बजारमा गएकाे माघदेखि नै पार्किङमा रहेको भन्ने कुरा अनुसन्धानबाट खुल्न आएको बताउनुभयो ।
यता, प्रदेश ५ का प्रमुख डिआईजी रवीन्द्र धानुकले भने तीन जना बालकको शव फेला परेको बताए । उनीहरू सबै ११ वर्ष मुनिका रहेकाे उनकाे भनाइ छ । उनले एक जना चालक र दुई जना पक्राउ परेको पनि बताए । उनीहरू नाम भने खुलाइएकाे छैन । थप अनुसन्धानका लागि बाँकेबाट कुकुर मगाइएको पनि उनले जानकारी दिए ।
घटनाको प्रकृति नियाल्दा गम्भीर प्रकृतिको देखिएको हुदा अनुसन्धान नगरी केही भन्न मिल्ने अवस्था नरहेको डिएसपी सिंहले बताए ।
शनिबार बेलुका एउटा बस पार्किङका लागि कार छेउमा जाँदा बसका स्टाफले कारभित्रबाट गन्ध आएकाे थाहा पाएपछि प्रहरीलाई खबर गरेका थिए ।


खबर सबै
-
कात्तिक स्नान, तुलसी पूजा र आकाशदीपदान आजदेखि सुरु
-
एनपीएल आजदेखि, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै
-
एनपीएलको उद्घाटन प्रधानमन्त्री बालेनले गर्ने
-
१३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण
-
कृष्णनगरमा दुर्गा मूर्ति विसर्जन शान्तिपूर्ण, सद्भाव बिथोल्न खोजेको आरोपमा पाँच जना पक्राउ
-
एनपीएल तेस्रो संस्करणमा के–के नयाँ छ ?
-
१३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण
-
कृष्णनगरमा दुर्गा मूर्ति विसर्जन शान्तिपूर्ण, सद्भाव बिथोल्न खोजेको आरोपमा पाँच जना पक्राउ
-
एनपीएल तेस्रो संस्करणमा के–के नयाँ छ ?
-
रवि लामिछाने भाकल गरेकाे ‘कैँची धाम’ जहाँ स्टिभ जब्स देखि जुर्कबर्ग सम्म् पुगे
-
नेपालमा फेरि मौसम बदलीको संकेत, एनपीएलमा प्रभाव पर्छ ?
-
कपिलवस्तुका रौनक सहित १९ वर्षमुनिको एशिया कपका लागि नेपालको प्रारम्भिक टोली घोषणा







प्रतिक्रिया