

आईपीएल : पञ्जाबले बेङ्ग्लोरलाई ३४ रनले हरायो



काठमाण्डाै
इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा पञ्जाब किङ्ग्सले रोयल च्यालेञ्जर्स बेङ्ग्लोरलाई ३४ रनले हराएको छ ।
गएराति अहमदाबादमा पञ्जाबले दिएको एक सय ८० रनको लक्ष्य पछ्याएको बेङ्ग्लोरले २० ओभरमा ८ विकेट गुमाएर एक सय ४५ रन मात्रै बनाउन सक्यो ।
उसका कप्तान विराट कोहलीले ३५ तथा रजत पातिडर र हर्षल पटेलले ३१/३१ रन बनाए । पञ्जाबका हरप्रीत ब्ररले तीन विकेट लिए । यसअघि पहिले ब्याटिङ गरेको पञ्जाबले केएल राहुलको ९१ रनको मद्दतमा एक सय ७९ रन बनाएको थियो । हारसँगै बेङ्ग्लोरले १२ अंकसहित तालिकाको शीर्ष स्थानमा उक्लने मौका गुमाएको छ ।
हिजोको जितले पञ्जाब भने ६ अंकसहित पाँचौं स्थानमा पुगेको छ ।


खबर सबै
-
मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आयोगको आग्रह
-
कर्मचारीलाई १५/१५ दिनमा तलब भुक्तानी गर्न परिपत्र
-
नेपाल ‘ए’ क्रिकेट टोली अष्ट्रेलिया प्रस्थान
-
अनलाइन व्यापार गर्नेलाई अनिवार्य सूचीकृत हुन सरकारको निर्देशन, बेवास्ता गरे कारबाही
-
लुम्बिनीका मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदै
-
सन्धिखर्क-गोरुसिङ्गे सडकमा राति यात्रा नगर्न प्रशासनको आग्रह






प्रतिक्रिया