विजयनगर गाउँपालिका पूर्ण खोप घोषणा

विजयनगर ।
कपिलवस्तुको विजयनगर गाउँपालिका शुक्रवार एक कार्यक्रमका वीच पूर्ण खोप घोषणा गरिएको छ । ‘विजयनगरको शान पूर्ण खोप गाउँपालिका घोषणा हाम्रो अभियान, हाम्रो प्रतिबद्धता गुणस्तरीय खोपको सुनिश्चितता’ भन्ने मूलनाराका साथ पूर्ण खोपका सम्पूर्ण सुचाङ्कहरु पुरा गरी गाउँपालिकालाई पूर्ण खोप घोषण गरिएको विजयनगर स्वास्थ्य शाखा प्रमुख यज्ञ प्रसाद अधिकारीले जानकारी दिएका छन् । गाउँपालिका भरीमा ९५ प्रतिशत बालबालिकाहरु खोपबाट वञ्चित नभएको अवस्थामा पूर्ण खोप गाउँपालिका घोषणा गरिएको उनले बताए । कार्यक्रम गाउँपालिकाको सभा हलमा सम्पन्न भएको हो ।

कार्यक्रमका प्रमुख अतिथि तथा लुम्बिनी प्रदेशका प्रदेश सभा सदस्य अर्जुन कुमार के।सी।ले नेपाल सरकारले लिएको नीति अनुसार विभिन्न रोग उन्मुलन गर्ने अभियान अन्तर्गत गाउँपालिकाले पूर्ण खोप खोषणा गरी सह्रानीय कार्य गरेको बताउँदै खोप लगाउने बेलामा बसाईसराईले समयमा खोप लगाउनबाट वञ्चित हुने गरेको बताएका छन् । सो अवस्थामा नीजहरुलाई निगरानी गरी खोपको निरन्तरता दिन आवश्यक रहेको बताए । छिमेकी देश भारतमा कोरोना तीव्र रुपमा फैलिरहेकोले यसको असर नेपालमा खतरा बढिरहेको बताउँदै कोरोना भाइरसले निम्त्याएको विपत्तीलाई सामना गर्न नेपाल सरकारको स्वास्थ्य मापदण्ड पूर्णरुपमा पालना गर्ने कुरामा उहाँले जोड दिएका छन् ।

यस्तै जिल्ला स्वास्थ्य कार्यालय खोप अधिकृत चिन्तामणि ज्ञवालीले यस कार्यलाई दिगोपन दिनलाई चुनौती रहेको बताउँदै अहिले सम्म २२ प्रतिशत बालबालिका खोपको मूलधारमा आउन नसकेको बताएका छन् । यसको लागि खोपबाट वञ्चित बालबालिकाहरुको खोजी गर्नुपर्नेमा जोड दिनुभयो । नेपाल सरकारले कुनै पनि बालबालिकाहरु खोपबाट वञ्चिात हुन नपाउँने नैसर्गिक अधिकार रहेको बताउँदै संविधानको धारा ३५ मा व्यवस्था गरेको समेत उल्लेख गरेका छन् ।

जिल्ला समन्वय समितिका प्रमुख नारायण प्रसाद खनालले पूर्ण खोप निरन्तरताका लागि जनतालाई सचेत गराउनुपर्ने बताए । खोपको महत्व नबुझेसम्म सामाजिक विकास नहुने जिकिर गरे । बाँकी रहेका कृष्णनगर, महाराजगञ्ज, कपिलवस्तु र यशोधरा गाउँपालिका पनी पूर्ण खोप घोषणा भएसँगै जिल्ला नै पूर्ण खोप घोषणा गर्ने बताएका छन् ।

प्रतिक्रिया

खबर सबै