

पीपीई लगाएरै नेपाल-चीनका अधिकारीले गरे मितेरी पुलमा डेढ घन्टा छलफल



काठमाडौं
कोरोना संक्रमणको अवस्था, यसको रोकथाम र तयारीबारे नेपाल र चीनका अधिकारीबीच रसुवागढी नाकामा छलफल भएको छ ।
बिहीबार दिउँसो नेपाल-चीन सीमास्थित मितेरी पुलमा भएको छलफलमा दुवै देशका अधिकारीहरु आमनेसामने भएर बसेका थिए । छलफलमा सहभागी दुवैतर्फका अधिकारीले कोरोना संक्रमणबाट बच्न पीपीई सेट, फेससिल्डलगायत लगाएका थिए ।
चिनियाँ पक्षले रसुवा जिल्लामा कोरोना संक्रमणको अवस्थाबारे बुझ्न खोजेपछि द्विपक्षीय वार्ता भएको जिल्ला प्रशासन कार्यालय रसुवाले जनाएको छ । छलफलमा दोभाषेसहित दुवैतर्फबाट ६/६ जना अधिकारी सामेल थिए । नेपाली पक्षको नेतृत्व रसुवाका प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद ढकालले गरेका थिए भने चिनियाँ पक्षको नेतृत्व जिलोङ (केरूङ) पोर्ट एडमिनिस्ट्रेसनका निर्देशक दा चुनले गरेका थिए ।
प्रजिअ ढकालका अनुसार दुई पक्षबीच झन्डै डेढ घन्टा कुराकानी भएको थियो । त्यस क्रममा चिनियाँ पक्षले रसुवामा कोरोनाको अवस्था, नाकामा आउने चालकहरूले कोरोनाविरुद्धको खोप लगाए-नलगाएको बारेमा सोधेका थिए । त्यसबारे नेपाली पक्षले जवाफ दिएको थियो । रसुवामा हाल २१ जना सक्रिय संक्रमित छन् ।
२०७२ को भूकम्पपछि सिन्धुपाल्चोकको तातोपानी नाका बन्द भएपछि नेपाल-चीन व्यापारको मुख्यमार्ग रसुवागढी भएको थियो । तर कोरोना महामारी सुरु भएपछि यो नाकामा समेत चहलपहल घटेकाे छ । अहिले केरूङबाट दैनिक १२-१३ कन्टेनर सामान नेपाल भित्रिने गरेका छन् ।


खबर सबै
-
बैँकिङ् कसुरका फरार पुरूष पक्राउ
-
कपिलवस्तुमा ‘पञ्जाबी तड्का’को तीज धमाका, ५ सयदेखि १ हजारमै स्वादिष्ट स्पेशल प्याकेज
-
टप एन्ड सिरिज अन्तर्गत आज नेपाल ए ले होबर्ट हुरिक्यान्स एकेडेमीसँग खेल्दै
-
छोराको हत्याको खबर सुनेपछि दाङमा आमाको पनि मृत्यु
-
सैनामैनाले फोहोर व्यवस्थापन केन्द्र एकला पहाडमा बनाउने तयारी
-
नेपालसहित ७५ मुलुकका लागि ट्रम्प प्रशासनको कडा आप्रवासी भिसा नीति अदालतबाट खारेज
-
छोराको हत्याको खबर सुनेपछि दाङमा आमाको पनि मृत्यु
-
सैनामैनाले फोहोर व्यवस्थापन केन्द्र एकला पहाडमा बनाउने तयारी
-
नेपालसहित ७५ मुलुकका लागि ट्रम्प प्रशासनको कडा आप्रवासी भिसा नीति अदालतबाट खारेज
-
भर्तापुरमा रास्वपाको पहिलो टोल भेला सम्पन्न, ११ सदस्यीय टोल समिति गठन
-
३ वर्षीय बालिका गरिमा चौधरीको हत्याको विरोधमा कपिलवस्तुमा प्रदर्शन
-
कपिलवस्तुमा २३० लिटर घरेलु मदिरा बरामद गरी नष्ट






प्रतिक्रिया