

एक महिनापछि दैनिक एक लाख ९३ हजार संक्रमित थपिने प्रक्षेपण


काठमाडौं
नेपालमा एक महिनापछि दैनिक एक लाख ९३ हजार संक्रमित थपिने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रक्षेपण गरेको छ ।
मन्त्रालयले बुधबार गरेको प्रेस व्रिफिङमा हाल बढिरहेको संक्रमणको दर नरोक्ने हो भने एक महिना पछि दैनिक एक लाख ९३ हजार व्यक्ति संक्रमित हुन सक्ने प्रक्षेपण गरिएको हो ।
स्वास्थ्य मन्त्रालयमा तथ्यांक विश्लेषण गर्दै आएकी डा अर्पण श्रेष्ठले भन्नुभयो, ‘अहिलेका हरेक तथ्यांकले नेपालमा कोरोना संक्रमण फैलने दर एकदमै उच्च रहेको संकेत गर्छ, यही दरमा संक्रमण फैलिने हो र रोकथामका उपाय प्रभावकारी नहुने हो भने अबको एक महिनामा दैनिक दैनिक झण्डै एक लाख ९३ हजार संक्रमित हुनसक्ने देखिन्छ।’

यही संख्यामा संक्रमण बढे यसअघि नेपालमा एक वर्षमा देखिएको संक्रमित संख्या अबको तीन महिनामा नै देखिने उहाँले आकलन गनुभयो । त्यस्तै अब एक महिनामा दैनिक १४९ जनाको मृत्यु हुनसक्ने उहाँले बताउनुभयो ।
अहिले परीक्षण गरिएको तुलनामा संक्रमित हुनेको दर निकै बढी भएको उहाँको भनाइ छ । संक्रमितको दर अहिले नै ३० प्रतिशत माथि पुगिसकेको पनि उहाँले जनाकारी दिनुभयो । यो संक्रमित थपिने गति भारतको भन्दा तीव्र हो ।
एक जना व्यक्तिले दुई भन्दा धेरै व्यक्तिमा संक्रमण सारिरहेकाले अबका दिनमा संक्रमणको फैलावट हुने आधारहरू निकै बढाएको उहाँले बताउनुभयो ।


खबर सबै
-
सन्धिखर्क-गोरुसिङ्गे सडकमा राति यात्रा नगर्न प्रशासनको आग्रह
-
आज नाग पञ्चमी पर्व मनाईदै, कस्तो छ धार्मिक मान्यता ?
-
मोतिपुर प्रगतिशील युवा क्लवको अध्यक्षमा पुनः न्यौपाने निर्वाचित
-
प्रदेशसभाबाट विश्वासको मत लिने तयारीमा मुख्यमन्त्री आचार्य
-
‘सालको पात’ बेचेर चुल्हो बाल्ने ‘भवानी’
-
कपिलवस्तुको विजयनगरमा विद्यालय भवन शिलान्यास
-
प्रदेशसभाबाट विश्वासको मत लिने तयारीमा मुख्यमन्त्री आचार्य
-
‘सालको पात’ बेचेर चुल्हो बाल्ने ‘भवानी’
-
कपिलवस्तुको विजयनगरमा विद्यालय भवन शिलान्यास
-
कर्तव्य ज्यान मुद्दामा २० वर्ष सजाय तोकिएका व्यक्ति १३ वर्षपछि पक्राउ
-
बर्दियाबाट खैरो हेरोइनसहित एक जना पक्राउ
-
नागपञ्चमीमा कपिलवस्तुका सात स्थानीय तहमा बिदा






प्रतिक्रिया