

आईपीएल : दिल्लीले कोलकातालाई ७ विकेटले हरायो






काठमाण्डाै
इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा दिल्ली क्यापिटल्सले कोलकाता नाइट राइडर्सलाई ७ विकेटले हराएको छ।
अहमदाबादमा राति भएको खेलमा कोलकाताले दिएको १ सय ५५ रनको लक्ष्य दिल्लीले १६ ओभर ३ बलमा मात्र ३ विकेट गुमाएर भेट्टायो । दिल्लीका पृथ्वी शले ८२ रनको अर्धशतकीय पारी खेले । यस्तै शिखर धवनले ४६, ऋषव पन्तले १६ रन जोडे । कोलकाताका पाट कुमिन्सले ३ विकेट लिए ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको कोलकाताले २० ओभरमा ६ विकेट गुमाएर १ सय ५४ रन बनाएको थियो । कोलकाताका आन्द्रे रसेलले अविजित ४५ रन बनाए । त्यस्तै सुबमन गिलले ४३ रन जोडे । दिल्लीका अक्षर पटेल र ललित यादवले २/२ विकेट लिए । जितसँगै दिल्ली दोस्रो स्थानमा उक्लिएको छ ।
दिल्लीले ७ खेलमा ५ मा जित निकालेर १० अंक जोडेको छ । पाँचौं स्थानको कोलकाताले ७ खेलमा ५ मा हार ब्यहोरेको छ । कोलकाताको ४ अंक छ ।


खबर सबै
-
विश्वकप लिग-२ : नेपाल र यूएई भिड्दै
-
आज २५७०औँ बुद्ध जयन्ती, बुद्ध जन्मस्थल लुम्बिनीमा विशेष पूजा
-
खाना पकाउने एलपी ग्यासको मूल्य बढ्यो
-
करिब ४० किलोमिटर लामो ‘धानखोला–लमही’ सडक स्तरोन्नति सुरू
-
अभावबाट उठेको हिम्मत : सानो व्यवसायले ठूलो परिवार धानेका ‘इन्द्र’
-
रोल्पा जिप दुर्घटनामा परी मृत्यु हुनेको संख्या २० पुग्याे











प्रतिक्रिया