कपिलवस्तुको चार नम्बरमा तपाईंको मास्क खोइ अभियानलाइ तिव्रता , सवारी साधनमा जोर बिजोरमा निगरानी

राधा पाण्डे/कपिलवस्तु

विश्व महामारिका रुपमा फैलिएको काेभिड-१९(कोरोना भाइरस) ले विश्वलाइ नै आक्रान्त बनाइरहेको छ । यस त्रासले नेपाललाइ पनि अछुतो राख्न सकेन । कोरोना भाइरसबाट बच्न र बचाउन कपिलवस्तुको चार नम्बरमा मास्क वितरणलाइ तिव्रता दिएको छ ।

तिव्र रूपमा फैलिएको कोरोना भाइरसबाट `आफू बचौ र अरुलाइ पनि बचायौ´ भन्ने मुल नारालाइ आत्मसात गर्दै मास्क बितरण अभियानलाई नेपाल किसान टेक्टर समितीको आयोजना तथा इलाका प्रहरी कार्यालय पिपराको संयोजनमा तिव्रता दिएको हो ।

वाणगङगा नगरपालिकाको चारनम्बर चोक र आसपासमा माक्स वितरण लगायत जनचेतनामूलक संदेश दिदै जनताहरुलाई काेभिड-१९ बाट बच्नको लागि आग्रह गरेको थियो ।  प्रहरिले बाटोमा मास्क प्रयोग नगरी हिड्ने पैदल यात्री र लामो तथा छोटो दुरिका सवारी साधनमा सवार यात्रुलाइ रोकि सचेतना दिदै मास्क बितरण गरेको थियो ।अभियानमा काेभिड-१९ बाट बच्नकाे लागि माक्सकाे प्रयाेग अनिवार्य गरौं , साबुन पानीले नियमित रुपमा हात धोऔ, सेनिटाइजरकाे प्रयाेग नियमित रुपमा गरौ भिडभाड नगरौं लगायत लेखिएकाप्ले कार्डहरु समेत प्रदर्शन गरिएको थियो ।

साथै प्रहरिले यातायातका साधनमा जोरबिजोर प्रणालिलाइ प्रयोग गर्न कडाइका साथ लागि परेको इलाका प्रहरी कार्यालयका प्रहरी निरिक्षक दिनेश गुरुङले जानकारी दिनुभयो ।

प्रतिक्रिया

खबर सबै