

भारतको दर्दनाक दृश्य : अस्पतालदेखि चितासम्म

काठमाडौँ । भारतमा कोभिड(१९ संक्रमण तीव्र गतिमा फैलिएको छ । त्यहाँ कोभिड(१९ का कारण मृत्यु हुने मानिसको अहिलेसम्म २ लाख नाघेको छ । अधिकारीहरुका अनुसार मंगलबार मात्रै भारतमा ३ हजार २ सय ८६ जनाले ज्यान गुमाएका छन् । यो महामारी शुरू भएयताकै एक दिनमा मृत्यु भएको सबैभन्दा उच्च संख्या हो ।
भारतमा अस्पतालमा भएका मृत्युहरूलाई मात्र गणना गरिएको छ । सङ्क्रमणमा देखिएको पछिल्लो वृद्धिले भारतको स्वास्थ्य प्रणालीलाई घुँडा टेकाइदिएको छ । गत एक साताभित्र मात्र २० लाख कोरोनाभाइरस सङ्क्रमित थपिएको तथ्याङ्क छ ।

पछिल्लो २४ घण्टामा भारतमा ३ लाख २३ हजार १४४ जनामा कोरोना संक्रमण भएको तथ्यांक छ । विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार भारतमा कोरोना संक्रमितको संख्या १ करोड ७६ लाख ३६ हजार ३०७ पुगेको तथ्यांक छ ।मृतकको हिसाबले संयुक्त राज्य अमेरिका, ब्रजिल र मेक्सिकोपछि भारत चौथो स्थानमा रहेको छ । यद्यपि ती मुलुकहरूमा भारतमा जस्तो अहिले देखिएको सङ्कट चाहिँ नरहेको बताइएको छ । थुप्रै देश तथा विश्व स्वास्थ्य सङ्गठनले भारतमा खासगरी अक्सिजनको सहायता पठाउँदैछन् ।

अस्पतालमा शय्या तथा अक्सिजन नपाएर कतिपय बिरामीले ज्यान गुमाउनुपरेको छ भने बिरामीहरूको चाप थेग्न अस्पतालहरूलाई हम्मेहम्मे भएको छ । मसानघाटमा शव जलाउन ठाउँको अभाव हुँदा दिल्लीमा अस्थायी खालको संरचना बनाइँदैछ ।
अस्पतालदेखि चितासम्म लाइन नै लाइन
कोरोनाको दोस्रो लहरले भारतको हालत गम्भीर बनाइदिएको छ र, डर(डरबीच लाइनमा उभिएको छ भारत । रुघा, ज्वरो र घाँटी दुख्यो भने परीक्षणको लाइन । यदि रिपोर्ट पोजिटिभ आयो भने अस्पताल बाहिर लाइन । यदि कुनै अवस्थामा बेड मिल्यो भने अक्सिजनका लागि लाइन । अवस्था बिग्रियो भने रेमडेसिभिरका लागि लाइन । अझै धेरै बिग्रियो भने भेन्टिलेटरका लागि लाइन । अनेक उपायले ज्यान नै बचेन भने अन्तिम संस्कारका लागि श्मशान घाटमा पनि लाइन ।यि दृश्यले पुष्टि गर्छन्( भारतको अवस्था कति भयानक र दर्दनाक छ भन्ने कुरा । ‘श्मशान घाट’मा एकसाथ कयौँ चिता जलिरहेका छन् । शव जलाउनका लागि दाउरासमेत अभाव छ । दाउरा पूर्ति गर्न पार्कका रूखहरू काट्न थालिएको छ ।

मृत्यु हुने मानिसहरूको सङ्ख्या बढ्ने क्रम जारी रहँदा शव जलाउनका लागि दाउरा जम्मा पार्न तथा अन्तिमसंस्कारका कतिपय पाटोमा सघाउनका लागि मृतकका आफन्तहरूलाई आग्रह गर्न थालिएको छ । (एजेन्सीको सहयोगमा


खबर सबै
-
रुपन्देही : विद्युत् सबस्टेसनबाट १६ अजिङ्गरका बच्चा उद्धार
-
अर्घाखाँचीमा साठी हजार टिमुरका बिरुवा रोपिँदै
-
प्याराग्वेसँग गोलरहित बराबरी खेल्दै अस्ट्रेलिया विश्वकपको नकआउट चरणमा
-
भेनेजुएला भूकम्पमा २३५ जनाको मृत्यु, ३९ हजारभन्दा धेरै मानिस बेपत्ता आशंका
-
यी हुन् रास्वपाका ९९ विजयी केन्द्रीय सदस्य
-
‘प्रदीप प्रिन्टिङ वल्र्ड’बाट चम्किएका ‘प्रदीप’ : लुम्बिनी प्रदेशमै बने ‘उत्कृष्ट युवा उद्यमी’
-
भेनेजुएला भूकम्पमा २३५ जनाको मृत्यु, ३९ हजारभन्दा धेरै मानिस बेपत्ता आशंका
-
यी हुन् रास्वपाका ९९ विजयी केन्द्रीय सदस्य
-
‘प्रदीप प्रिन्टिङ वल्र्ड’बाट चम्किएका ‘प्रदीप’ : लुम्बिनी प्रदेशमै बने ‘उत्कृष्ट युवा उद्यमी’
-
विश्व बजारमा कच्चा तेलको मूल्य मध्यपूर्वको युद्ध शुरू हुनुअघि भन्दा पनि सस्तो
-
एन्फा निलम्बन प्रकरण : इतिहासमै ठूलो धक्का, समस्या समाधान कसरी होला ?
-
बुटवलमा नक्कली औषधि भेटिएको घटनाप्रति संघको गम्भीर ध्यानाकर्षण









प्रतिक्रिया