नेपाल समूहले दायर गरेको मुद्दामा लिखित जवाफ माग्ने सर्वोच्चको आदेश

काठमाण्डाै

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूहले दायर गरेको मुद्दामा सर्वोच्च अदालतले लिखित जवाफ माग्ने आदेश दिएको छ । न्यायाधीश प्रकाशकुमार ढुङ्गानाको एकल इजलासले मुद्दामा सुनुवाइ गर्दै महान्यायाधिवक्ताको कार्यालयमार्फत लिखित जवाफ माग्ने आदेश दिएको हो ।

निर्वाचन आयोग, एमाले अध्यक्ष ओली लगायतलाई विपक्षी बनाएर दायर गरिएको रिटमा अदालतले १५ दिनभित्र लिखित जवाफ पेस गर्न आदेश दिएको हो ।

पार्टी विधान विपरीत आफूहरूलाई स्पष्टीकरण सोध्ने र कारबाही गर्न लागेको भन्दै रोक्न माग गरी माधव नेपाल समूहले सर्वोच्च अदालतमा रिट दायर गरेको थियो । वरिष्ठ नेता नेपाल, नेताहरू भीम रावल, घनश्याम भुसाल र सुरेन्द्र पाण्डेले रिट निवेदन दिनुभएको थियो ।

सर्वोच्चले माग बमोजिम अन्तरिम आदेश दिन भने अस्वीकार गरेको छ ।

प्रतिक्रिया

खबर सबै