

लुम्बिनी प्रदेशमा भयावह बन्दै कोरोना, कपिलवस्तुमा संक्रमण दर उच्च



राजेन्द्र खनाल ।। कपिलवस्तु ।
कोरोनाभाइरस कोभिड–१९ को दोस्रो लहरले सबैभन्दा बढी लुम्बिनी प्रदेश प्रभावित बनेको छ । गम्भीर प्रकृतिका संक्रमित बाँके र रूपन्देहीमा मात्रै दैनिक ७ सय को हाराहारीमा थपिन थालेका छन् । दोस्रो लहरसँगै दाङ, कपिलवस्तु, पश्चिम नवलपरासी लगायतका जिल्लामा पनि उच्च संक्रमण देखिएको छ । कोरोनाको ‘हटस्पट’ भारतबाट प्रदेशका ६ वटै जिल्लामा मानिसहरू निर्बाध रूपमा भित्रिएका छन् । नाकामा कुनै रोकतोक छैन । नाका सिल गरी गरी आवागमन निषेध गर्ने कुनै सुरसार छैन ।
६५० जनाको पीसीआर जाँच गर्दा ४५० जनामा पोजेटिभ रिपोर्ट आएको छ । कोभिड–१९ का लागि तयार गरिएका पूर्वाधारले नथेग्दा बाँकेको ‘कोभिड म्यानेजमेन्ट सेन्टर’ ले संघीय सरकारसँग गुहार मागेको छ । कोरोनाले बाँकेको स्वास्थ्य अवस्था अहिले ‘भयावह’ भएको छ ।
गम्भीर प्रकृतिका बिरामीले अस्पताल भरिँदा अस्पतालमा बेडको चरम अभाव देखिएको छ । बाँकेमा दैनिक ४ जनाभन्दा बढीको मृत्यु भईरहेको छ । रूपन्देहीमा दुई÷तीन जना संक्रमितको मृत्यु दैनिकजसो हुन थालेको छ ।
यही दरले संक्रमण बढ्दै जाने हो भने लुम्बिनी प्रदेशमा कोरोनाको सुनामी आउने खतरा देखिएको चिकित्सकहरूले चेतावनी दिएका छन् ।
बाँकेका कोभिड फोकल पर्सन तेज वलीले बाँकेको अवस्था अत्यन्त जटिल बनेको बताए । उनले भने, ‘१४२ बेड भएको भेरी अस्पतालमा २०० बिरामी राखिएका छन् । ४२ बेड भएको नेपालगञ्ज मेडिकल कलेजमा ६५ बिरामी छन् । कोहलपुर मेडिकल कलेजमा ५६ जटिल प्रकृतिका बिरामी छन्,’ वलीले भने, ‘हामीले केन्द्र र प्रदेशसँग गुहार मागेको छौं ।
खुला सीमाका कारण नेपाल–भारत आउजाउमा कडाई नगरिँदा लुम्बिनी संक्रमण तीव्र फैलिएका छ । लुम्बिनी प्रदेशमा ४ वटा सरकारी अस्पतालमा कोरोना विशेष आइसोलेसन अस्पताल सञ्चालित छन् । त्यस्तै ७ वटा निजी अस्पताल तथा मेडिकल कलेजमा पनि कोरोनाका बिरामीको उपचारका लागि आइसोलेसन स्थापना गरिएको छ ।
प्रदेश स्वास्थ्य निर्देशनालयका जनस्वास्थ्य प्रशासक रोशनलाल चौधरीले कोभिड अस्पताल बिरामीले भरिएपछि अन्य अस्पतालहरूमा बिरामी भर्नाका लागि रिफर गरिने बताए । सामाजिक विकास मन्त्रालयका सचिव महादेव पन्थले कोभिड अस्पतालबाहेक अन्य मेडिकल कलेज र निजी अस्पतालहरूसँग पनि सम्झौता गरेर कोरोनाका बिरामीको उपचार गर्ने तयारी भइरहेको बताए । लुम्बिनी प्रदेशमा अहिले उपचारमा रहेका (सक्रिय संक्रमित) ४ हजार ६ सय ३१ पुगेका छन् । आईसीयू र भेन्टीलेटरमा उपचाररत १३८ जना रहेका छन् । प्रदेशको पहाडी जिल्ला रोल्पामा भने संक्रमित थपिएका छैनन् ।
यसैबिच यता कपिलवस्तु जिल्लामा कोरोना संक्रमण रोकथामको प्रयास विभिन्न किसिमले भईरहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । संक्रमणको जोखिम अत्याधिक हुन सक्ने स्थानहरुमा कडाई गरिएको प्रमूख जिल्ला अधिकारी चक्रपाणी पाण्डेले बताउनुभयो ।
जिल्लामा लाग्ने साप्ताहिक हाटबजार पूर्ण रुपमा बन्द गर्न जिल्ला प्रशासन कार्यालयले निर्देशन जारी गरेको छ । यस्तै विद्यालयमा संचालन भईरहका वार्षिक परीक्षाहरु जति सक्दो चाडै सक्ने गरी परीक्षा संचालन गर्न पनि प्रमूख जिल्ला अधिकारी पाण्डेले आग्रह गर्नुभएको छ । कपिलवस्तुका छिमेकी जिल्ला रुपन्देही र दाङमा संक्रमणको दर उच्च रहेका कारण त्यसको असर कपिलवस्तुमा पनि पर्न सक्ने भन्दै उहाँले जिल्लाको सुरक्षा संयन्त्र प्रभावकारी बनाउन जिल्ला प्रहरी कार्यालय र मातहतका निकायसँग आवश्यक छलफल र परामर्श भईरहेको जानकारी दिनुभयो ।
अहिले कपिलवस्तुमा कोरोनाको परिक्षण गरिएका मध्ये ६० प्रतिशतमा संक्रमण पुष्टि हुने गरेको प्रमूख जिल्ला अधिकारी पाण्डेले बताउनुभयो । नागरिकहरु आफै सचेत नभए सम्म प्रशासनको बलले मात्र भयावह स्थितिलाई नियन्त्रण गर्न कठिनाई हुने हुँदा यतिबेला कपिलवस्तुमा हरेक क्षेत्रका नागरिकहरु आफै सचेत हुने बेला आएको बताउनुभयो ।
अहिले कपिलवस्तुमा २ हजार २ सय ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा मात्रै कपिलवस्तुमा २५ जना पुष्टी भएको स्वास्थ्य कार्यालय कपिलवस्तुका कोरोना फोकल पर्सन उमेश घिमिरेले जानकारी दिनुभयो । जिल्लामा सबैभन्दा बढी बाणगंगा नगरपालिका र कपिलवस्तु नगरपालिकामा संक्रमितहरुको संख्या उच्च रहेको छ । जिल्ला भर कोरोनाका सक्रिय संक्रमितको संंख्या आज साँझ सम्म १ सय ६८ जना रहेको पनि फोकल पर्सन घिमिरेले बताउनुभयो । त्यस्तै कोरोनाका कारण जिल्लामा अहिले सम्म ३५ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा गरिएका परिक्षणमा १३ जनाको पिसिआर परिक्षण गर्दा १० जनामा पुष्टी भएको छ । यसरी हेर्दा कपिलवस्तुमा परिक्षण गरिएकामा संक्रमणको दर उच्च मानिएको छ । जोखिम उच्च रहेका कारण सतर्कता अपनाउने पनि स्वास्थय कार्यालयले आग्रह गरेको छ ।


खबर सबै
-
बेंगलुरु बन्याे लगातार दोस्रोपटक आईपीएल च्याम्पियन, गुजरातलाई हराउदै चुम्याे २०२६काे उपाधि
-
संसद्मा आजदेखि बजेटमाथि छलफल सुरु हुँदै
-
रवि लामिछाने आज भारत जादै, भारतीय जनता पार्टीकाे निमन्त्रणामा हुदैछ भ्रमण
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
विश्वभर एक अर्ब ३० करोड मानिस सुर्तीजन्य पदार्थको प्रयोगकर्ता, जोखिममा चार करोड बालबालिका
-
कुशल भुर्तेलद्वारा एकै ओभरमा ६ छक्का, चीनविरुद्ध बनाए ऐतिहासिक कीर्तिमान
-
बजेटमा कपिलवस्तु : उपस्थिति बढ्यो, कार्यान्वयनको परीक्षा बाँकी











प्रतिक्रिया