

इतिहास झल्किने र आधुनिकता टल्किने धरहराको उद्घाटन गर्न पाउँदा खुशी लागेको छ : प्रधानमन्त्री ओली

काठमाण्डाै
प्रधानमन्त्री केपी शर्मा ओलीले पुनर्निर्मित धरहराको उद्घाटन गर्न पाउँदा आफूलाई अत्यन्तै खुशी लागेको बताउनु भएको छ ।
धरहराको उद्घाटनपछि उहाँले धरहराको बाँकी काम समयमा नै सम्पन्न गर्न सम्बन्धित निकायलाई आग्रह गर्नुभयो । यस्तै, उहाँले धरहरा पुनर्निर्माणमा खटिएका सबैलाई धन्यवाद दिनु भएको छ ।
‘राति पनि मैले हेरेको थियो, धरहरामा रङ्गरोगन गर्ने र सरसफाइ गर्ने काम भइरहेको थियो, दिनरात नभनेर काममा खटिनेहरुलाई म धन्यवाद दिन चाहन्छु’- उहाँले भन्नुभयो । प्रधानमन्त्री ओलीले राष्ट्रिय गौरवको धरहरा बनेको भन्दै पुनर्निर्माणमा खटिनेहरु सम्मानको हकदार भएका बताउनुभयो ।
२०७२ साल फागुनमा ‘मै बनाउँछु मेरो धरहरा अभियान’ बाट चलाए पनि त्यो अभियान अगाडि बढ्न नसकेको तर, फेरि अर्को अभियान चलाएर धरहरा बनाउन सकिएको बताउनुभयो । उहाँले नेपालको इतिहास, संस्कृति झल्कने र आधुनिकता टल्किने अवधारणासहित धरहरा बनाएको दाबी पनि गर्नुभयो ।
धरहरा बनाउन प्रधानमन्त्री ओलीले आज २० औं तलामा रहेको धरहराको बालकोनीबाट पुष्पवृष्टि गरेर उद्घाटन गर्नु भएको हो । धरहरामा राखिएको शिलालेख अनावरण गरेपछि उहाँ २० औं तलाको बालकोनीमा पुग्नु भएको थियो । त्यहाँबाट उहाँले काठमाण्डौ उपत्यकाको दृश्यावलोकन समेत गर्नु भएको थियो ।


खबर सबै
-
श्रृङ्गीघाट सामुदायिक वनले दियाे अनुदानमा ई- रिक्सा,महिला उद्धमीलाई प्राेत्साहन
-
सरकारले गर्याे मन्त्रीपरिषद्बाट महत्वपूर्ण ७ निर्णय
-
अर्घाखाँचीको इतिहास : दुई राजाको सालिक निर्माण
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक






प्रतिक्रिया