

केहि समय अघि अमेरिकाले कोरोना खोप जोन्सन एण्ड जोन्सनमा लगाएको रोक हटायो


काठमाडौं
अमेरिकाले कोरोना भाइरसविरुद्धको जोन्सन एण्ड जोन्सनको खोपमा लगाएको रोक हटाएको छ।
११ दिनपछि फुड एण्ड ड्रग एड्मिनिस्ट्रेशन (एफडिए) ले जोन्सन एण्ड जोन्सन खोपमाथिको रोक फुकुवा गरेको हो । तर खोपमा अति दुर्लभ प्रतिक्रियाका रुपमा ब्लड क्लट्स बन्न सक्ने चेतावनी राखिने भएको छ ।
सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सन (सिडिसी) को प्यानलले अमेरिकामा जोन्सन एण्ड जोन्सनको खोप दिने थाल्ने पक्षमा निर्णय गरेको थियो ।
जोन्सन एण्ड जोन्सनको खोप लगाएका झण्डै ८० लाख मध्येबाट १५ जनामा गम्भीर प्रकारको ब्लड क्लट्सको समस्या देखिएको थियो ।
ब्लड क्लट्स देखिए सबै महिला छन् र अधिकांश ५० वर्षमुनिका हुन् । उनीहरुमध्ये तीनजनाको ज्यान गएको छ भने अझै सातजना अस्पतालमा छन् ।
यहि हप्ता युरोपियन औषधि नियामक निकायले पनि जोन्सन एण्ड जोन्सनको खोपमाथिको प्रतिबन्ध हटाएको थियो ।
सिडिसीको सल्लाहकार बोर्डले शुक्रबार जोन्सन एण्ड जोन्सनमाथिको रोक फुकुवा गर्ने पक्षमा १०–४ मत दिएका थिए ।त्यसपछि सिडिसी र एफडिएले जोन्सन एण्ड जोन्सनको खोप पुनः लगाउन थाल्ने निर्णय गरेको हो ।


खबर सबै
-
प्रदेशसभाबाट विश्वासको मत लिने तयारीमा मुख्यमन्त्री आचार्य
-
‘सालको पात’ बेचेर चुल्हो बाल्ने ‘भवानी’
-
कपिलवस्तुको विजयनगरमा विद्यालय भवन शिलान्यास
-
कर्तव्य ज्यान मुद्दामा २० वर्ष सजाय तोकिएका व्यक्ति १३ वर्षपछि पक्राउ
-
बर्दियाबाट खैरो हेरोइनसहित एक जना पक्राउ
-
नागपञ्चमीमा कपिलवस्तुका सात स्थानीय तहमा बिदा
-
कर्तव्य ज्यान मुद्दामा २० वर्ष सजाय तोकिएका व्यक्ति १३ वर्षपछि पक्राउ
-
बर्दियाबाट खैरो हेरोइनसहित एक जना पक्राउ
-
नागपञ्चमीमा कपिलवस्तुका सात स्थानीय तहमा बिदा
-
कपिलवस्तुमा मानसिक स्वास्थ्यदेखि साइबर सुरक्षासम्म सचेतना फैलाउँदै लायन्स क्लब
-
कपिलवस्तुको बाणगंगाबाट ६ थान भरुवा बन्दुक बरामद
-
पाल्पा जिप दुर्घटना : १० जना घाइते






प्रतिक्रिया