११ अर्ब बढी लागतमा बन्ने भयो बाणगंगामा सौर्य उर्जा उत्पादन परियोजना

कपिलवस्तु ।
राष्ट्रिय गौरवको आयोजना अन्तरगत सौर्य उर्जा उत्पादन परियोजना कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नम्बर ७ मा बन्ने भएको छ । सो आयोजनाका लागि आज नगरपालिकाका प्रतिनिधि र लगानी प्रदायक कम्पनीका तर्फबाट चिनका प्रतिनिधि बिच सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।
सो आयोजना सम्पन्न भए सँगै कपिलवस्तुको बाणगंगा नगरपालिकाको मुहार फेरिने अनुमान गरिएको छ । राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको सौर्य उर्जा उत्पादन आयोजना ११ अरब २५ करोडको लागतमा बाणगंगा नगरपालिकाको वडा नम्बर ७ को कोईली बनगाई स्थित खारखानीमा बन्ने वडा अध्यक्ष विष्णु गिरीले जानकारी दिनुभयो ।
चीन सरकारको प्यारामेन्ट, कम्पनी राइजेन इनर्जी लिमिटेडले बनाउन लागेको सो परियोजनामा बाणगंगा नगरपालिकामा हस्ताक्षर भएको हो । हस्ताक्षर गर्न चीन सरकारबाट निर्माण कम्पनीका प्रोजेक्ट म्यानेजर मिस्टर वाङ, म्यानेजिङ डाइरेक्टर मिस्टर जोउ र नेपालका तर्फबाट राइजोन प्रतिनिधि छविलाल सिटौला सहित बाणगंगा नगरपालिकाको तर्फबाट मेयर मंगल प्रसाद थारुले सम्झौतामा हस्ताक्षर गर्नुभएको वडा अध्यक्ष गिरीले बताउनुभयो । परियोजनाको सम्झौता कार्यक्रममा वडा अध्यक्ष विष्णु गिरीले वाडको तर्फबाट सम्झौता पत्रमा हस्ताक्षर गर्नुभएको छ भने परियोजना निर्माण हुने प्रगति सामुदायिक वनका अध्यक्ष लक्ष्मण खड्काले पनि हस्ताक्षर गर्नु भएको छ ।
सम्झौता भएको मितिले आगमी तीन वर्ष भित्र निर्माण सक्ने लक्ष्य रहेको भए पनि आगमी २ वर्ष भित्र काम सम्पन्न गर्ने निर्माण कम्प्नीले जनाएको छ । नेपाल सरकारले पनि काम गर्न निर्माणमा कम्पनीलाई अनुमति दिइसकेकोले नगरसंगको सम्झ्यौतापछि तुरुन्त काम सुरु हुने कम्पनीका प्रोजेक्ट म्यानेजर मिस्टर वाङले जनाउनु भयो ।
सौर्य मेघा परियोजनाबाट १ सय २५ मेगावट सौर्यविद्यूत उत्पादन हुने छ भने २० मेगावाट स्टोरेज क्षमता रहने छ । सो आयोजना सम्पन्न भए सगै बाणगंगा नगरपालिका विद्युत आपुर्ति प्रयाप्त रहने बताइएको छ । लोडसेडिङ मुक्त नगरपालिकाको रुपमा स्थापित हुने वडा अध्यक्ष गिरीले बताउनुभयो ।
सो परियोजना वडा नम्बर ७ को सारेको खारखानी पार्क र पिक्नीक स्पोट नजिक बन्ने भएपछि वडाबासी धेरै खुसी भएको वडाध्यक्ष विष्णु गिरीले बताउनु भयो । सम्झौतामा हस्तक्षर पछि नगर प्रमुख मंगल प्रसाद थारुले यो परियोजना बाणगंगा नगरपालिकाको लागि सबैभन्दा ठुलो उपलब्धि हुने बताउनु भयो । २०७७ असार ५ गते बसेको लगानी बोर्डको ४४ औँ बैठकले कम्पनीलाई सम्भाव्यता अध्ययनको अनुमति दिने निर्णय गरेको थियो ।

प्रतिक्रिया

खबर सबै