

मलेसियाविरुद्ध नेपालको फराकिलो जित, शीर्षस्थानमा रहँदै फाइनल प्रवेश




काठमाडौं
काठमाडौंमा जारी त्रिदेशीय टी–२० क्रिकेट शृङ्खलाअन्तर्गत बिहीबार भएको लिग चरणको अन्तिम खेलमा नेपालले मलेसियामाथि फराकिलो जित हासिल गरेको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा भएको खेलमा नेपालले मलेसियालाई ६९ रनले पराजित गरेको हो ।
टस जितेर मलेसियाले फिल्डिङ रोजेपछि पहिलो इनिङमा ब्याटिङ गरेको नेपालले करण केसीको विस्फोटक ब्याटिङको मद्दतमा ७ विकेटको क्षतिमा २१७ रन बनाएको थियो ।
नेपालका लागि करण केसीले विस्फोटक ब्याटिङ गर्दै १३ बलमै ४५ रन जोडेका थिए । उनले ७ छक्काको मद्दतमा सो रन बनाएका हुन् ।
यस्तै, आसिफ शेखले ४२, ज्ञानेन्द्र मल्लले ४१, दीपेन्द्र सिंह ऐरीले ३३ रन जोडे ।
मलेसियाका लागि फित्री शाम, अनवर रहमान र शयद अजिजले दुई–दुई विकेट लिए भने मुहम्मद वाफिकले एक विकेट हासिल गरे ।
२१८ रनको विशाल लक्ष्य पछ्याएको मलेसिया २० औं ओभरको पहिलो बलमा सबै विकेट गुमाएर १४८ रनमा सीमित रह्यो । मलेसियाका लागि अमिनुद्दीन रमलेले ४१, अहमद फैजले ३१ रन बनाए ।
बलिङतर्फ नेपालका लागि सोमपाल कामी, सन्दीप लामिछाने र कमल ऐरीले तीन–तीन विकेट लिए भने सुशन भारीले एक विकेट हात पारे ।
लिग चरणमा ६ अंकका साथ नेपाल शीर्ष स्थानमा पुगेको छ भने ५ अंकका साथ मलेसिया दोस्रो स्थानमा छ । उपाधिका लागि यी दुई शीर्ष टोलीबीच भिडन्त हुनेछ ।


खबर सबै
-
नेपालमा २४.५ प्रतिशत वयस्कमा उच्च रक्तचाप
-
सुन तोलाको ४५ सयले घट्यो, चाँदीमा पनि गिरावट
-
अधिक मास (मलमास) सुरु : धार्मिक साधना, दान र आत्म चिन्तनको विशेष महिना
-
बर्दियाको राजापुरमा रुखले च्यापिँदा एक जनाको मृत्यु
-
रूपन्देहीमा मोटरसाइकल दुर्घटनामा परेर एक जनाको मृत्यु
-
कपिलवस्तुमा बलात्कार मुद्दा दबाउन ‘जग्गा विवाद’को नाटक, पूर्व वडा अध्यक्षसहित चार जना पक्राउ
-
बर्दियाको राजापुरमा रुखले च्यापिँदा एक जनाको मृत्यु
-
रूपन्देहीमा मोटरसाइकल दुर्घटनामा परेर एक जनाको मृत्यु
-
कपिलवस्तुमा बलात्कार मुद्दा दबाउन ‘जग्गा विवाद’को नाटक, पूर्व वडा अध्यक्षसहित चार जना पक्राउ
-
लुम्बिनीका १२ वटै जिल्लाबाट यातायात व्यवस्था सम्बन्धी सेवा प्रवाह हुने
-
दुई दिन बिदा दिने निर्णयपछि विद्यालय पठनपाठन सञ्चालनका लागि नयाँ व्यवस्था
-
स्थानीय तहको कुल बेरुजु २ खर्ब ९ अर्ब २८ करोड ९१ लाख रुपैयाँ पुग्यो











प्रतिक्रिया