

टी-ट्वान्टी क्रिकेटमा नेपालले बनायो अहिलेसम्मकै दोस्रो ठूलो स्कोर



काठमाण्डाै
त्रिदेशीय टी-ट्वान्टी क्रिकेट श्रृङ्खला अन्तर्गत मलेसियासँगको खेलमा नेपालले आफ्नो अन्तर्राष्ट्रिय टी-ट्वान्टी प्रतियोगिताकै दोस्रो ठूलो स्कोर बनाएको छ ।
मलेसियासँगको खेलमा नेपालले सात विकेट गुमाएर दुई सय १७ रन बनायो, यो स्कोर नेपालले बनाएको सर्वाधिक दोस्रो ठूलो स्कोर हो ।
नेपालले सबैभन्दा धेरै रन भुटानसँगको खेलमा बनाएको थियो । सन् २०१९ को दक्षिण एसियाली खेलकुद सागमा कीर्तिपुर मैदानमै भुटानसँगको खेलमा नेपालले तीन विकेट गुमाएर दुई सय ३६ रन बनाएको थियो । त्यो स्कोर नै नेपालले अन्तर्राष्ट्रिय टी-ट्वान्टी क्रिकेटमा बनाएको सर्वाधिक ठूलो स्कोर हो ।
सर्वाधिक धेरै रन बनाउने क्रममा नेपालका लागि कप्तान ज्ञानेन्द्र मल्लले ५५ बलमा एक सय सात रन बनाएका थिए । मल्लले ९ छक्का र ५ चौका प्रहार गरेका थिए । बिहीवार दोस्रो ठूलो स्कोर बनाउने क्रममा नेपालले मलेसियासँगको खेलमा दुई सय १७ रन बनायो ।
नेपालका करण केसीले विष्फोटक ब्याटिङ गरे । करणले १३ बलमा ७ छक्कासहित ४५ रन बनाए।


खबर सबै
-
मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आयोगको आग्रह
-
कर्मचारीलाई १५/१५ दिनमा तलब भुक्तानी गर्न परिपत्र
-
नेपाल ‘ए’ क्रिकेट टोली अष्ट्रेलिया प्रस्थान
-
अनलाइन व्यापार गर्नेलाई अनिवार्य सूचीकृत हुन सरकारको निर्देशन, बेवास्ता गरे कारबाही
-
लुम्बिनीका मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदै
-
सन्धिखर्क-गोरुसिङ्गे सडकमा राति यात्रा नगर्न प्रशासनको आग्रह






प्रतिक्रिया