बाँकेमा कोरोना संक्रमित महिलाको मृत्यु

बाँके । बाँकेमा कोरोना भाइरस (कोभिड) १९ संक्रमणबाट थप एकजनाको मृत्यु भएको छ ।

बाँकेका कोरोना फोकल पर्सन तेज ओलीका अनुसार नेपालगञ्ज उपमहानगरपालिका(१७ की ८६ वर्षीया महिलाको नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचारको क्रममा मृत्यु भएको हो ।

७ वैशाखमा गरिएको पीसीआर परीक्षणमा उनको रिपोर्ट पोजेटिभ आएकोमा त्यसको भोलिपल्ट उनी अस्पताल भर्ना भएकी थिइन् ।

ओलीका अनुसार उपचारको क्रममा बिहीबार बिहान करिब २स्१५ बजे उनको मृत्यु भएको हो । योसँगै बाँकेमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६७ पुगेको छ ।

प्रतिक्रिया

खबर सबै