

आईपीएल : चेन्नईले कोलकातालाई हरायो






काठमाण्डौ
इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा बुधवार राति भएको राेमाञ्चक खेलमा चेन्नई सुपर किङ्ग्सले कोलकाता नाइट राइडर्सलाई हराएको छ ।
चेन्नईले दिएको दुई सय २१ रनको लक्ष्य पछ्याएको कोलकाताले १२ ओभर १ बलमा अलआउट हुँदै दुई सय दुई रनमात्र बनाउन सक्यो । कोलकाताका लागि प्याट कमिन्सले ३४ बलमा अविजित ६६ रन बनाए । त्यस्तै आन्द्रे रसेलले २२ बलमा ५४ रन र दिनेश कार्तिकले २४ बलमा ४० रन बनाए । तीन खेलाडीले उत्कृष्ट प्रदर्शन गर्दा पनि कोलकाता पराजित भयो ।
चेन्नई सुपर किङ्ग्सका लागि दीपक चाहर एक्लैले चार विकेट लिए । त्यस्तै लुङ्गी एन्गिडीले तीन र साम करनले एक विकेट लिए ।
यसअघि मुम्बईमा टस हारेर पहिले ब्याटिङ गरेको चेन्नईले निर्धारित ओभरमा तीन विकेटको क्षतिमा दुई सय २० रन बनायो । चेन्नईका लागि फाफ डु प्लेसीले ६० बलमा अविजित ९५ रन बनाए । त्यस्तै रुतुराज गायकवाडले ६४ रनको योगदान गरे ।
५ ओभर २ बलमा बोर्डमा ३१ रन हुँदा पाँच विकेट गुमाइसकेको अवस्थामा कोलकाताका लागि आन्द्रे रसेलले दिनेश कार्तिकले छैटौँ विकेटका लागि १ रनको पार्टनरशिप गर्दै खेलमा फर्किन प्रयास गरेका थिए । ११ ओभर २ बलमा रसेल आउट भए ।
त्यसपछि क्रिजमा आएका कमिन्स र कार्तिकले सातौँ विकेटका लागि ३४ रनको साझेदारी गरे । १४ ओभर ६ बलमा कार्तिक आउट भए । त्यसपछि क्रिजमा आएका कमलेश नगरकोटीसँग प्याट कमिन्सले आठौँ विकेटका लागि ३० रनको साझेदारी गरे । १६ ओभर २ बलमा नगरकोटी आउट भए । त्यसपछि क्रिजमा आएका वरुण चक्रवर्तीसँग कमिन्सले २४ रनको साझेदारी गरे । १८ ओभर ३ बलमा चक्रवर्ती आउट भएपछि कोलकाता खेलमा फर्किन सकेन ।


खबर सबै
-
विश्वकप लिग-२ : नेपाल र यूएई भिड्दै
-
आज २५७०औँ बुद्ध जयन्ती, बुद्ध जन्मस्थल लुम्बिनीमा विशेष पूजा
-
खाना पकाउने एलपी ग्यासको मूल्य बढ्यो
-
करिब ४० किलोमिटर लामो ‘धानखोला–लमही’ सडक स्तरोन्नति सुरू
-
अभावबाट उठेको हिम्मत : सानो व्यवसायले ठूलो परिवार धानेका ‘इन्द्र’
-
रोल्पा जिप दुर्घटनामा परी मृत्यु हुनेको संख्या २० पुग्याे











प्रतिक्रिया