

स्ववियु सिद्धार्थ क्याम्पसद्धारा भित्तेपात्रो विमोचन सँगै विद्यार्थी स्वागत



भगवती न्यौपाने, कपिलवस्तु

विद्यार्थी हकहित तथा अधिकारको संरक्षण हाम्रो प्रतिबद्धता भन्ने मुल नाराका साथ विद्यार्थीको स्वतन्त्र, साझा एवम् वैधानिक मञ्च स्वतन्त्र विद्यार्थी युनियन सिद्धार्थ क्याम्पसले बुधबार विविध कार्यक्रम सम्पन्न गरेको छ ।

क्याम्पसमा नव आगन्तुक विद्यार्थीहरुलाई स्वागत, सम्मान, २०७८ सालको भित्तेपात्रो विमोचन तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको स्ववियु सिद्धार्थ क्याम्पसले जनाएको छ ।
सिद्धार्थ क्याम्पस स्ववियु सभापति सुशील खत्रिले कार्यक्रमको बारेमा जानकारी दिदैँ क्याम्पसमा आउने हरेक विद्यार्थीको गुनासो सुन्ने साझा थलो स्वतन्त्र विद्यार्थी युनियन रहेको बताउनुभयो । त्यस्तै उहाँले विद्यार्थीहरुको शैक्षिक अधिकार र शैक्षिक विकासका लागि युनियनले सदैव सहयोगी भुमिका खेल्ने पनि बताउनुभयो ।

कार्यक्रममा राष्ट्रिय सभा सदस्य विमला घिमिरेले अध्ययन अध्यापनका हिसाले कपिलवस्तुमा उत्कृष्ट बन्दै गएको सिद्धार्थ क्याम्पसले कपिलवस्तु जिल्लामै नमुना क्याम्पसको रुपमा पहिचान बनाएको बताउनुभयो । क्याम्पसको विकास सँगै व्यक्तिगत शैक्षिक विकासका लागि अध्ययनरत विद्यार्थी, अभिभावक तथा कार्यरत शिक्षक कर्मचारी र व्यवस्थापकीय पक्षको महत्वपूर्ण भुमिका रहने बताउनुभएको छ ।
कार्यक्रममा क्याम्पस सञ्चालक समितिका उपाध्यक्ष रवि बहादुर काफ्ले, समितिका सदस्य कमल आचार्य, पुर्व स्ववियु सभापति कमल भट्टराई, सुशील पौडेल, साहायक क्याम्पस प्रमुख वेदुराम अर्याल, पुर्व क्याम्पस प्रमुख बालाराम ज्ञवाली लगायतले कार्यक्रमलाई सम्बोधन गर्नुभएको थियो ।
स्ववियु सचिव दिनेश चौधरिको स्वागत मनतव्यमा भएको कार्यक्रमको सञ्चालन चन्द्रकान्त न्यौपानेले गर्नु भएको थियो ।


खबर सबै
-
बेंगलुरु बन्याे लगातार दोस्रोपटक आईपीएल च्याम्पियन, गुजरातलाई हराउदै चुम्याे २०२६काे उपाधि
-
संसद्मा आजदेखि बजेटमाथि छलफल सुरु हुँदै
-
रवि लामिछाने आज भारत जादै, भारतीय जनता पार्टीकाे निमन्त्रणामा हुदैछ भ्रमण
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
विश्वभर एक अर्ब ३० करोड मानिस सुर्तीजन्य पदार्थको प्रयोगकर्ता, जोखिममा चार करोड बालबालिका
-
कुशल भुर्तेलद्वारा एकै ओभरमा ६ छक्का, चीनविरुद्ध बनाए ऐतिहासिक कीर्तिमान
-
बजेटमा कपिलवस्तु : उपस्थिति बढ्यो, कार्यान्वयनको परीक्षा बाँकी











प्रतिक्रिया