नेपालगन्जमा आज रातिदेखि लकडाउन

बाँके । बाँके प्रशासनले बुधबार मध्यरातिदेखि नेपालगन्ज उपमहानगरपालिका क्षेत्रमा लकडाउन गर्ने आदेश जारी गरेको छ ।

बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले नेपालगन्जमा कोरोना संक्रमण तीव्र रुपमा फैलिएकोले त्यसलाई नियन्त्रणमा लिन लकडाउन गरेका हुन् ।

यो समयमा त्यहाँ अत्यावश्यक सेवाबाहेक अन्य कामहरु निषेध गरिएको छ ।

यही समयमा त्यहाँ दैनिक उपभोग्य सामानहरुका पसल खोल्न पनि विहान ६ बजेदेखि ९ बजेसम्मको समय तोकिएको छ ।

नेपालगन्जमा अहिले एक हजारभन्दा बढी सक्रिय कोरोनाभाइरस संक्रमित रहेका छन् ।

प्रतिक्रिया

खबर सबै