

आईपीएल : दिल्लीले मुम्बईलाई ६ विकेटले हरायो



काठमाडौं
इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट अन्तर्गत मंगलबार राति भएको खेलमा दिल्ली क्यापिटल्सले मुम्बई इण्डियन्सलाई ६ विकेटले हराएको छ ।
यो जितसँगै दिल्ली ६ अंकसहित तालिकाको दोस्रो स्थानमा मात्र पुगेन, अघिल्लो वर्षको फाइनलमा मुम्बईसँग हारेको बदलासमेत लियो ।
चेन्नाईको मैदानमा भएको खेलमा दिल्लीले १३८ रनको लक्ष्य १९.१ ओभरमा ४ विकेट गुमाएर भेटायो ।
दिल्लीको जितमा अमित मिश्राको प्रदर्शन शानदार रह्यो । मिश्राले मुम्बईका कप्तान रोहित शर्मा, किरोन पोलार्ड, हार्दिक पाण्ड्या र इशान किशनलाई आउट गरे । उनी म्यान अफ द म्याच चुनिए ।
ब्याटिङतर्फ शिखर धवनले सर्वाधिक ४५ रन बनाए । स्टिभ स्मिथले ३३ र ललित यादवले नटआउट २२ रन बनाए ।
मुम्बईका जसप्रित बुमराह, राहुल चाहर, किरोन पोलार्ड र जयन्त यादवले एक-एक विकेट लिए ।
टस जितेर पहिले ब्याटिङ गरेको मुम्बईले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १३७ रन बनाएको थियो । मुम्बईका लागि रोहित शर्माले सर्वाधिक ४४ रन बनाए ।
सूर्यकुमार यादवले २४ रन र इशान किशनले २६ रन जोडे ।


खबर सबै
-
मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आयोगको आग्रह
-
कर्मचारीलाई १५/१५ दिनमा तलब भुक्तानी गर्न परिपत्र
-
नेपाल ‘ए’ क्रिकेट टोली अष्ट्रेलिया प्रस्थान
-
अनलाइन व्यापार गर्नेलाई अनिवार्य सूचीकृत हुन सरकारको निर्देशन, बेवास्ता गरे कारबाही
-
लुम्बिनीका मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदै
-
सन्धिखर्क-गोरुसिङ्गे सडकमा राति यात्रा नगर्न प्रशासनको आग्रह






प्रतिक्रिया