कर्णाली प्रदेशमा ‘फ्लोर क्रस’ : माधव नेपालसहित २० नेतालाई स्पष्टीकरण सोधिँदै

नेकपा एमालेको महाधिवेशन आयोजक कमिटीको बैठकले कर्णाली प्रदेशमा ‘फ्लोर क्रस’ गराउन भूमिका खेलेको आरोपमा २० जना नेतालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ ।

सोमबार बालुवाटारमा बसेको बैठकले माधवकुमार नेपाल, भीम रावल, सुरेन्द्र पाण्डे, घनश्याम भुसालसहित २० जनालाई चेतावनीसहित स्पष्टीकरण सोध्ने निर्णय गरेको जनाइएको छ ।

कर्णाली प्रदेशमा प्रकाश ज्वाला, अमर थापा, कुर्मराज शाही र नन्दसिङ बुढाले पार्टीको ह्विपविपरीत मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिएका थिए ।

फ्लोर क्रस गरेसँगै पार्टीबाट निष्कासित भएका अमर थापा, कुर्मराज शाही हाल मन्त्री भइसकेका छन् ।

प्रतिक्रिया

खबर सबै