सोमबार बालुवाटारमा बसेको बैठकले माधवकुमार नेपाल, भीम रावल, सुरेन्द्र पाण्डे, घनश्याम भुसालसहित २० जनालाई चेतावनीसहित स्पष्टीकरण सोध्ने निर्णय गरेको जनाइएको छ ।
कर्णाली प्रदेशमा प्रकाश ज्वाला, अमर थापा, कुर्मराज शाही र नन्दसिङ बुढाले पार्टीको ह्विपविपरीत मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिएका थिए ।
फ्लोर क्रस गरेसँगै पार्टीबाट निष्कासित भएका अमर थापा, कुर्मराज शाही हाल मन्त्री भइसकेका छन् ।











प्रतिक्रिया