

एकैदिन १२ सय ८१ जना थपिए कोरोना संंक्रमित


काठमाण्डाै
पछिल्लो २४ घण्टामा १२ सय ८१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । सात हजार एक जनाको पीसीआर परीक्षण गर्दा १२ सय २७ जनामा र पाँच सय ४७ जनाको एन्टिजेन परीक्षण गर्दा ५४ जनामा कोरोना पुष्टि भएको हो ।
कुल ७५ सय ४८ परीक्षणको १६ दशमलव ९७ प्रतिशत अर्थात् १२ सय ८१ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले परीक्षण गरिएका नमुनामध्ये पाँच प्रतिशतभन्दा धेरैमा सङ्क्रमण देखिएमा खतरनाक अवस्था मान्दै आएको छ । नेपालमा पछिल्लो एक हप्तादेखि परीक्षण गरिएका नमुनाको १५ प्रतिशतभन्दा धेरैमा कोरोना सङ्क्रमण देखिएको छ । साेमवार थपिएकासँगै नेपालमा अहिलेसम्म दुई लाख ८५ हजार नौ सय जनामा सङ्क्रमण पुष्टि भएको छ ।
यस्तै पछिल्लो २४ घण्टामा एक जनासहित आठ जना मृतकको विवरण प्राप्त भएको मन्त्रालयले जनाएको छ । नेपालमा कोरोना सङ्क्रमणका कारण ज्यान गुमाउनेको सङ्ख्या तीन हजार ९१ पुगेको छ ।
यस्तै थप दुई सय ५५ जना निको भएसँगै अहिलेसम्म दुई लाख ७५ हजार पाँच सय ५५ जना सङ्क्रमणमुक्त भएका छन् ।
नेपालमा सक्रिय सङ्क्रमितको सङ्ख्या पनि सात हजार नाघेको छ । अहिले सात हजार दुई सय ५४ जना सक्रिय सङ्क्रमित आइसाेलेशनमा रहेका छन् ।


खबर सबै
-
प्रदेशसभाबाट विश्वासको मत लिने तयारीमा मुख्यमन्त्री आचार्य
-
‘सालको पात’ बेचेर चुल्हो बाल्ने ‘भवानी’
-
कपिलवस्तुको विजयनगरमा विद्यालय भवन शिलान्यास
-
कर्तव्य ज्यान मुद्दामा २० वर्ष सजाय तोकिएका व्यक्ति १३ वर्षपछि पक्राउ
-
बर्दियाबाट खैरो हेरोइनसहित एक जना पक्राउ
-
नागपञ्चमीमा कपिलवस्तुका सात स्थानीय तहमा बिदा
-
कर्तव्य ज्यान मुद्दामा २० वर्ष सजाय तोकिएका व्यक्ति १३ वर्षपछि पक्राउ
-
बर्दियाबाट खैरो हेरोइनसहित एक जना पक्राउ
-
नागपञ्चमीमा कपिलवस्तुका सात स्थानीय तहमा बिदा
-
कपिलवस्तुमा मानसिक स्वास्थ्यदेखि साइबर सुरक्षासम्म सचेतना फैलाउँदै लायन्स क्लब
-
कपिलवस्तुको बाणगंगाबाट ६ थान भरुवा बन्दुक बरामद
-
पाल्पा जिप दुर्घटना : १० जना घाइते






प्रतिक्रिया