

कपिलवस्तुमा उत्पादक सहकारीले दिएन किसानलाई दूधको भुक्तानी



राजेन्द्र खनाल
कपिलवस्तु ।
पछिल्लो दुई महिना यता कपिलवस्तुको बाणगंगाका किसानले दूधको मूल्य नपाउँदा चिन्तित बनेका छन् । किसानले उत्पादन गरेको गाई र भैँसीको दूध स्थानिय दूध डेरीलाई बिक्रि गर्ने गर्दछन् । तर दुग्ध उत्पादक सहकारीले किसानलाई दूधको मुल्य भुक्तानी नदिँदा लाखौँ रुपैयाँ किसानले पाउन सकेका छैनन् ।
कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नम्बर ८ स्थित बाणगंगा दुग्ध उत्पादक सहकारीले मात्रै २५ लाख बढी रकम किसानलाई भुक्तानी दिएको छैन । बाणगंगा दुग्ध उत्पादक सहकारी संचालक समितिका अध्यक्ष राधेश्याम न्यौपानेले पुष १५ सम्मको दुधको मुल्य किसानले पाएको तर त्यस यताको मुल्य नपाएको स्विकार गरेका छन् । उनका अनुसार किसानले आफुहरुलाई बिक्रि गरेको दुध बुटवल स्थित लुम्बिनी दुग्ध वितरण आयोजना र इमिलियाको ग्लोबल दुग्ध सहकारीलाई दिने गरीएको छ । दैनिक संकलन हुने हजारौँ लिटर दूध बाणगंगा डेरीले दुग्ध वितरण आयोजना र सहकारीहरुलाई दिने गरेको भए पनि उपभोक्ता भने आफुले विक्रि गरेको दूधको मुल्य नपाउँदा आक्रोशित भएका छन् ।
मेहेनतका साथ पशुपालन गरी आम्दानीको स्रोत दुधलाई बनाएका किसान दुई महिना सम्म भुक्तानी नपाउँदा निराश पनि भएको बताउँछन् ।
यता बाणगंगा दुग्ध उत्पादक सहकारीका अध्यक्ष न्यौपानेका अनुसार दुग्ध विकास संस्थान अन्तरगत संकलन हुने पुरानो दूध नै विक्रि नभएको बताउँछन् । आफुहरुले सरकारी रकमले पुष १५ सम्म र १३ लाख रुपैँया सापटी लिएर माघ १५ सम्मको रकम किसानलाई भुक्तानी दिएको बताए । दुग्ध विकास संस्थानले आफुहरुलाई पुष १५ सम्मको मात्रै पैसा दिएको भए पनि त्यस यताको भुक्तानी नहुँदा किसानलाई दिन नसकिएको उनले बताए ।
किसानलाई सास्ती, समितिलाई मस्ति
बाणगंगा दुग्ध उत्पादक सहकारी अन्र्तगतका दुध बिक्रेता किसानहरुले दूधको मुल्य नपाउँदा सास्ती खेपिरहेका छन भने सहकारीका पदाधीकारी सहितको एउटा टोली भने पुर्वी नेपालको भ्रमण सकाएर आएको छ ।
किसानलाई दुधको मुल्य दिनुको साटो भ्रमणमा पदाधिकारी लागेपछि दूध उत्पादक किसानहरु आक्रोशित भएका छन् । बाणगंगा दुग्ध सहकारी संस्थालाई लामो समय देखि दुध विक्रि गर्दै आएका बाणगंगा नगरपालिका वडा नम्बर ८ का एक किसानले सहकारीले किसानको मर्का नबुझी घुमफिरमा रमाएको आरोप लगाए ।
यता सहकारीका अध्यक्ष राधेश्याम न्यौपानेले भने आफुहरुको भ्रमण संचालक समितिको बैठकबाट निर्णय भई भएको बताएका छन् । उनले २०४६ साल देखि सुरुभएको संस्थामा एक पटक पनि अवलोकन भ्रमण नभएको गुनासो बढेपछि यसपटक भ्रमण गरिएको बताए । आफुहरुको भ्रमणमा लाग्ने खर्च लुम्बिनी दुग्ध वितरण आयोजनाको केही सहयोग रहेको र केही रकम किसानहरुले उठाएको रकम र केही सहकारीले लगानी गरी गरिएको पनि बताएका छन् ।
संस्था स्थापना पछि पहिलो पटक भ्रमण गरिएको भन्दै उनले किसानलाई दूधको मुल्य नदिने गरी भ्रमण नभएको दावी पनि गरेका छन् ।
बटर र पाउडरका कारण किसान मारमा
सरकारी तथा निजी क्षेत्रका डेरीले बटर र पाउडर दूध बिक्री नभएको भन्दै तीन महिनादेखि किसानको भुक्तानी रोकेका छन्। डेरी उ्दयोगहरुले किसानबाट संकलन गरेको दूधको भुक्तानी रोक्दा भने असर बजारसम्म नै परेको छ ।
डेरी उद्योगहरूले दुग्ध पदार्थको बिक्री घट्दा पनि किसानबाट संकलन रोकेका छैनन् । बिक्री नभएको दूधलाई पाउडर र बटर बनाउन प्रयोग भईरहेको थियो । तर तयारी अवस्थामा रहको बटर र पाउडर दूध पनि बिक्रि नभए पछि अहिले किसानले उत्पादन गरेको दूध विक्रि पनि हुन सकेको छैन ।
भुक्तानीमा ढिलाइले पशुपालक किसान मर्कामा परेका छन्। कृषि तथा पशुपन्छी विकास मन्त्रालयले नेपाल पाउडर दूधमा आत्मनिर्भर भएको घोषणा गरेका थियो । घोषणामा हतारिने सरकारले दूधको भुक्तानी नियमित गराउन ध्यान नदिएको गुनासो किसानको छ ।
देशभरका किसानले उत्पादन गरेका दूध विभिन्न समूह र सहकारीमार्फत सरकारी र निजी क्षेत्रले खरिद गर्ने गरेको छ। केही समयता स्टकमा रहेको पाउडर र बटर बिक्री नभएको भन्दै डेरी उद्योगीले किसानको भुक्तानी रोकेर राखेका छन् ।
पहिले १५÷ १५ दिनमा किसानले दूधको भुक्तानी पाउँथे। अहिले झण्डै तीन महिनादेखि भुक्तानी नपाउँदा किसान मारमा परेका छन् ।
केही किसानहरुबाट गुणस्तरको आधारमा मूल्य तोक्ने गरेको दुग्ध उत्पादक किसानले बताएका छन् । दुग्ध उत्पदाक सहकारीले ६० देखि ६५ रुपैयाँ प्रतिलिटरमा दूध खरिद गर्दै आएका छन् ।


खबर सबै
-
बेंगलुरु बन्याे लगातार दोस्रोपटक आईपीएल च्याम्पियन, गुजरातलाई हराउदै चुम्याे २०२६काे उपाधि
-
संसद्मा आजदेखि बजेटमाथि छलफल सुरु हुँदै
-
रवि लामिछाने आज भारत जादै, भारतीय जनता पार्टीकाे निमन्त्रणामा हुदैछ भ्रमण
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
विश्वभर एक अर्ब ३० करोड मानिस सुर्तीजन्य पदार्थको प्रयोगकर्ता, जोखिममा चार करोड बालबालिका
-
कुशल भुर्तेलद्वारा एकै ओभरमा ६ छक्का, चीनविरुद्ध बनाए ऐतिहासिक कीर्तिमान
-
बजेटमा कपिलवस्तु : उपस्थिति बढ्यो, कार्यान्वयनको परीक्षा बाँकी











प्रतिक्रिया