

आइपिएल : मुम्बईको दोस्रो जीत



काठमाडौं
भारतमा जारी इन्डियन प्रिमियर लिग ९आइपिएल० क्रिकेटअन्तर्गत गएराति भएको खेलमा मुम्बई इन्डियन्सले जीत हात पारेको छ । मुम्बईले सनराइजर्स हैदराबादलाई १३ रनले हराएको हो ।
मुम्बईले दिएको १५१ रनको लक्ष्य पछ्याएको हैदराबाद १९।४ ओभरमा १३७ रनमा समेटियो । ओपनर जोनी बेयरस्टोले ४३ तथा कप्तान डेभिड वार्नरले ३६ रन बनाए पनि टोलीलाई जीत दिलाउन सकेनन् । मुम्बईका ट्रेन्ट बोल्ट र राहुल चहरले ३(३ तथा जसप्रीत बुमराह र क्रुनाल पान्ड्याले १(१ विकेट हात पारे ।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको मुम्बईले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १५० रन बनाएको थियो । उसका लागि क्विन्टन डिककले ४०, रोहित शर्माले ३२ रन बनाएका थिए भने कायरन पोलार्ड ३५ रनमा अविजित रहे । हैदराबादका मुजीब उर रहमान र विजय शंकरले २(२ विकेट लिए भने खलील अहमदले १ विकेट लिएका थिए ।
हैदराबादको यो लगातार तेस्रो हार हो । मुम्बईले भने तीनमध्ये दुई खेल जितेको छ ।प्रतियोगिता अन्तर्गत आज दुई खेल हुँदै छन् । दिउँसो हुने खेलमा कोलकाता नाइट राइडर्स र रोयल च्यालेन्जर्स बैंगलोरबीच प्रतिस्पर्धा हुने छ भने बेलुका दिल्ली क्यापिटल्स र पञ्जाब किङ्स खेल्ने छन् ।


खबर सबै
-
नेपालमा २४.५ प्रतिशत वयस्कमा उच्च रक्तचाप
-
सुन तोलाको ४५ सयले घट्यो, चाँदीमा पनि गिरावट
-
अधिक मास (मलमास) सुरु : धार्मिक साधना, दान र आत्म चिन्तनको विशेष महिना
-
बर्दियाको राजापुरमा रुखले च्यापिँदा एक जनाको मृत्यु
-
रूपन्देहीमा मोटरसाइकल दुर्घटनामा परेर एक जनाको मृत्यु
-
कपिलवस्तुमा बलात्कार मुद्दा दबाउन ‘जग्गा विवाद’को नाटक, पूर्व वडा अध्यक्षसहित चार जना पक्राउ
-
बर्दियाको राजापुरमा रुखले च्यापिँदा एक जनाको मृत्यु
-
रूपन्देहीमा मोटरसाइकल दुर्घटनामा परेर एक जनाको मृत्यु
-
कपिलवस्तुमा बलात्कार मुद्दा दबाउन ‘जग्गा विवाद’को नाटक, पूर्व वडा अध्यक्षसहित चार जना पक्राउ
-
लुम्बिनीका १२ वटै जिल्लाबाट यातायात व्यवस्था सम्बन्धी सेवा प्रवाह हुने
-
दुई दिन बिदा दिने निर्णयपछि विद्यालय पठनपाठन सञ्चालनका लागि नयाँ व्यवस्था
-
स्थानीय तहको कुल बेरुजु २ खर्ब ९ अर्ब २८ करोड ९१ लाख रुपैयाँ पुग्यो











प्रतिक्रिया