पछिल्लो २४ घण्टामा नेपालमा थपिए ८ सय ४३ कोरोना संक्रमित , २ जनाको मृत्यु

मुलुकमा थप ८ सय ४३ जनामा कोरोना भाइरस (कोभिड–१९)को संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ६ हजार ४ जनाको कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशका विभिन्न भागमा ८ सय ४३ जना संक्रमित थपिएसँगै नेपालमा संक्रमितको कुल संख्या २ लाख ८३ हजार ६५८ पुगेको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार ५ हजार ३ सय ३३ जनामा आरटी–पीसीआर परीक्षण गर्दा ७ सय ६८ जना र ६७१ जनामा एन्टिजेन परीक्षण गर्दा ७५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा २ सय २६ संक्रमित निको भए, २ को मृत्यु

कोरोना भाइरस कोभिड–१९ को संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर २ सय २६ जना निको भएर घर फर्किएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरबाट २ सय २६ जना निको हुँदा डिस्चार्ज हुनेहरुको कुल संख्या २ लाख ७५ हजार ०३८ पुगेको छ ।

यसैगरी क्वारेन्टाइनमा रहनेको संख्या ७४ रहेको छ । पछिल्लो २४ घण्टामा देशभर ६ हजार ४ जनाको पीसीआर परीक्षण हुँदा हालसम्म कुल २३ लाख ४० हजार ४१७ जनाको पीसीआर परीक्षण भएको छ ।

यसै गरी पछिल्लो २४ घण्टामा थप २ संक्रमितको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ हजार ७५ पुगेको छ ।

प्रतिक्रिया

खबर सबै