

त्रिकोणात्मक टि-ट्वान्टी क्रिकेट आजदेखि सुरु


काठमाण्डाै
त्रिकोणात्मक टि-ट्वान्टी क्रिकेट श्रृङ्खला आजदेखि सुरु हुँदैछ ।
कीर्तिपुर मैदानमा सुरु हुने श्रृङ्खलामा नेपाल, नेदरल्याण्ड्स र मलेसिया सहभागी हुँदैछन् ।
दिउँसो सवा १ बजे सुरु हुने प्रतियोगिताको पहिलो खेलमा नेपाल र नेदरल्याण्ड्स खेल्दैछन् । कोरोना सङक्रमण जोखिमलाई ध्यानमा राखेर कम दर्शकलाई प्रतियोगिता हेर्नका लागि प्रवेश गराउने नेपाल क्रिकेट सङ्घ (क्यान)ले जनाएको छ ।
स्वास्थ्य मन्त्रालयले यसअघि नै खेलकुद लगायतका कार्यक्रममा भीड नगर्न अपिल गरिसकेको छ । यस्तै क्यानले त्रिकोणात्मक टि-ट्वान्टी श्रृङ्खलाको ट्रफी समेत सार्वजनिक गरेको छ ।
नेपालका कप्तान ज्ञानेन्द्र मल्ल, नेदरल्याड्सका कप्तान पिटर सिलर र मलेसिया कप्तान फैज अहमदले संयुक्त रुपमा ट्रफी सार्वजनिक गरेका हुन् ।


खबर सबै
-
मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आयोगको आग्रह
-
कर्मचारीलाई १५/१५ दिनमा तलब भुक्तानी गर्न परिपत्र
-
नेपाल ‘ए’ क्रिकेट टोली अष्ट्रेलिया प्रस्थान
-
अनलाइन व्यापार गर्नेलाई अनिवार्य सूचीकृत हुन सरकारको निर्देशन, बेवास्ता गरे कारबाही
-
लुम्बिनीका मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदै
-
सन्धिखर्क-गोरुसिङ्गे सडकमा राति यात्रा नगर्न प्रशासनको आग्रह






प्रतिक्रिया