

पारस खड्काले त्रिकाेणात्मक टी–२० शृङ्खला गुमाउने


काठमाण्डाै
नेपाली राष्ट्रिय क्रिकेट टिमका ब्याट्सम्यान पारस खड्काले त्रिकाेणात्मक टी–२० शृङ्खला गुमाउने भएका छन् ।
गएकाे आइतवार अभ्यास खेलमा फिल्डिङ गर्ने क्रममा दायाँ हातकाे काँधमा चाेट लागेर घाइते भएका पारसले भाेलि (शनिवार) देखि त्रिवि क्रिकेट मैदानमा सुरु हुने प्रतियाेगिता गुमाउने भएका हुन् । प्रतियाेगितामा नेपालसहित नेदरल्याड्स र मलेसिया सहभागी छन् ।
सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी दिँदै पारसले आफूले दुई/तीन आराम गर्नुपर्ने देखिएकाे बताएका छन् । आफूले प्रतियाेगिता गुमाए पनि नेपाली टाेली राम्राे रहेकाे र जित्ने उनले विश्वास व्यक्त गराएका छन् ।
कीर्तिपुर मैदानमा वैशाख चार गतेदेखि ११ गतेसम्म चल्ने प्रतियोगिताको उद्घाटन खेल नेपाल र नेदरल्याण्ड्सले खेल्नेछन् ।


खबर सबै
-
मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आयोगको आग्रह
-
कर्मचारीलाई १५/१५ दिनमा तलब भुक्तानी गर्न परिपत्र
-
नेपाल ‘ए’ क्रिकेट टोली अष्ट्रेलिया प्रस्थान
-
अनलाइन व्यापार गर्नेलाई अनिवार्य सूचीकृत हुन सरकारको निर्देशन, बेवास्ता गरे कारबाही
-
लुम्बिनीका मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदै
-
सन्धिखर्क-गोरुसिङ्गे सडकमा राति यात्रा नगर्न प्रशासनको आग्रह






प्रतिक्रिया