

कुष्ठरोग निवारणका लागि मोतिपुर स्वास्थ्य चौकीमा अन्तरक्रिया

कपिलवस्तु ।
कपिलवस्तुको वाणगंगा नगरपालिका वडा नम्बर ८ चप्परगाउँ स्थित मोतिपुर स्वास्थ्य चौकीमा कुष्ठरोग निवारण तथा रोगीहरुको पहिचान र उनीहरुको उपचारका लागि बिहिबार अन्तरक्रिया गरिएको छ ।
मोतिपुर स्वास्थ्य चौकीमा आयोजित अन्तरक्रियामा लेप्रोसी मिसन टु नेपालको आर्थिक सहयोग तथा मोतिपुर स्वास्थ्य चौकीको आयोजनामा महिला स्वास्थ्य स्वयम्सेवीकाहरुका लागि सो अन्तरक्रिया गरिएको स्वास्थ्य चौकी प्रमूख हिमलाल घिमिरेले बताउनुभयो ।
अन्तरक्रियामा कुष्ठरागका नयाँ बिरामी पत्ता लगाई उपचारमा ल्याउने, शंकास्पद बिरामीलाई उपचारमा ल्याई थप अङ्ग भङ्ग हुनबाट बचाउने तथा कुष्ठरोगलाई जनस्वास्थ्यको समस्याको रुपमा रहन नदिन शुक्रबार अर्थात बैशाख ३ गते देखि बाणगंगा नगरपालिका वडा नम्बर ७ र ८ का घरधुरीमा १५ जना महिला स्वास्थ्य स्वयमसेविकाहरुलाई परिचालन गरिने प्रमूख घिमिरेले जानकारी दिनुभयो ।
आगामी तीन दिन सम्म लगातार शंकास्पद बिरामी पहिचान गरी बैशाख ६ गते स्वास्थ्य चौकीमा कुष्ठरोग सम्बन्धी विशेषज्ञबाट रोगको पहिचान गरि उपचार पनि गरिने भएको छ ।
कार्यक्रममा बाणगंगा नगरपालिकाका स्वास्थ्य शाखा संयोजक ठगराज पौडेल, मोतिपुर स्वास्थय चौकी प्रमूख हिमलाल घिमिरे, लेप्रोसी मिसन टु नेपालमा कार्यसत नाथु देसार लगाएतले कार्यक्रमको सहजिकरण गर्नुभएको थियो । अन्तरक्रिया कार्यक्रममा मोतिपुर स्वास्थ्य चौकीमा कार्यरत कर्मचारीहरु तथा महिला स्वास्थ्य स्वयमसेविकाहरुको उपस्थिति रहेको थियो ।


खबर सबै
-
श्रृङ्गीघाट सामुदायिक वनले दियाे अनुदानमा ई- रिक्सा,महिला उद्धमीलाई प्राेत्साहन
-
सरकारले गर्याे मन्त्रीपरिषद्बाट महत्वपूर्ण ७ निर्णय
-
अर्घाखाँचीको इतिहास : दुई राजाको सालिक निर्माण
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक






प्रतिक्रिया