प्युठान जीप दुर्घटना:मृतककाे शव आफन्तलाई बुझाइयाे

गोकर्ण पाण्डे।तम्घास/प्यूठानको स्वर्गद्वारी नजिकै बुधबार भएको जिप दुर्घटनामा परी मृत्यु भएका ५ जनाकाे शव अाफन्त लाई बुझाइएको छ।नयाँ वर्ष मनाउन धार्मिक तीर्थस्थल प्यूठानको स्वर्गद्वारी जाने क्रममा प्यूठानको स्वर्गद्वारी नगरपालिका–३ रुमालेमा लु १ ज १६५५ नम्बरको जीप दुर्घटना भएको थियो ।
प्रशासकीय अधिकृत स्याङजाका श्याम न्यौपानेको शव घटनास्थलबाटै बुझाइएको थियो।भने अन्यकाे शव जिल्ला प्रशासन कार्यालय मा शाेकसभा गरेर मृतकका अाफन्त लाई बुझाइएको छ।
शाेकसभामा प्रमुख जिल्ला अधिकारी रुद्रदेवी शर्मा, विभिन्न कार्यालयका कर्मचारी,राजनीति दलका नेता, मृतकका अाफन्तलगायत ले श्रद्धाञ्जली दिएका थिए।
साथै अत्यावश्यकबाहेकका सेवा भने ५ दिनका लागि बन्द गरिएको छ।
अन्य घाइतेकाे भने काठमाडौमा उपचार भै रहेकाे छ।

प्रतिक्रिया

खबर सबै