

गृहजिल्ला कपिलवस्तुमा विप्लवको केन्द्रीय सम्पर्क स्थापना



कपिलवस्तु –
नयाँ बर्षको दिन बुधबार गृहजिल्ला कपिलवस्तुको शिवगढिमा नेपाल कम्युष्टि पार्टी विप्लव नेतृत्वको नेकपाले आफ्नो पार्टीको केन्द्रीय सम्पर्क कार्यलयको स्थापना गरेको छ । कार्यालयको भवन निर्माणका लागि सम्पर्क कार्यालयको शिलान्यास पनि गरिएको छ ।सोही कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द ‘विप्लव’ले सरकार र आफ्नो पार्टीबीच भएको सहमतिलाई लिएर केहि व्यक्तिले वार्ता भाड्न खोजेको बताउनु भएको छ ।
नयाँ बर्षको दिन बुधबार गृहजिल्ला कपिलवस्तुको शिवगढिमा आफ्नो पार्टीको केन्द्रीय कार्यलयको शिलान्यास गर्दै विप्लवले आफूहरु ३ बुँदे सहमतिप्रति दृढ रहेपनि केहि व्यक्तिहरु वार्ता विथोल्न लागिपरेको आरोप लगाउनु भयो ।
गृहमन्त्री समेत रहेका केपी शर्मा ओली समूहका नेता रामबहादुर थापाले मंगलबार मात्रै ‘विप्लव समूहसँग हतियार रहेको र उनीहरुलाई सुरक्षा निकायले निगरानी’मा राख्नुपर्ने निर्देशन दिनु भएको थियो
आफैं सहमति गरेर विप्लवलाई शान्तिपूर्ण राजनीतिमा ल्याएको दाबी गरिरहेका रामबहादुर थापाले विवादास्पद अभिव्यक्ति दिएपछि विप्लवले युद्ध र अशान्ति चाहनेहरु वार्ता भाँड्न लागेको आरोप लगाउनु भयो ।
जनताले निकै लामो समयदेखि न्याय र मुक्तिको आवाज उठाउदै आएको भन्दै विप्लवले जनताको न्यायपूर्ण आवाजमाथि दमन गरिएकोले आफ्नो पार्टीले निरन्तर संघर्ष गर्दै आएको बताउनु भयो । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आजबाट केन्द्रीय सम्पर्क कार्यालयको निर्माण सुरु गरेको हो।सरकारसँग तीन बुँदे सहमति भएपछि विप्लव नेकपा गत फागुन २१ गते सार्वजनिक भएका थिए।सरकारले २०७५ फागुन २८ गते लगाएको प्रतिबन्ध फिर्ता लिएपछि विप्लव नेतृत्वको नेकपा खुल्ला कार्यक्रम गर्दै आएको छ।
खुल्ला राजनीतिमा आएलगत्तै नेकपाले आफ्नो केन्द्रीय सम्पर्क कार्यालय निर्माण सुरु गरेको हो।भवनको शिलन्यासपछि महासचिव विप्लवले जनताकै सहभागिता र लगानीमा पार्टी सम्पर्क कार्यालय स्थापना गर्न लागिएको जानकारी गराउनु भयो ।


खबर सबै
-
बेंगलुरु बन्याे लगातार दोस्रोपटक आईपीएल च्याम्पियन, गुजरातलाई हराउदै चुम्याे २०२६काे उपाधि
-
संसद्मा आजदेखि बजेटमाथि छलफल सुरु हुँदै
-
रवि लामिछाने आज भारत जादै, भारतीय जनता पार्टीकाे निमन्त्रणामा हुदैछ भ्रमण
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
वाणगंगा ९ मा जारी केशब स्मृति फुटबलको आज पाचौँ दिन ३ खेल हुने
-
सुनको मूल्य एकैदिन तोलामा साढे २० हजारले बढ्यो
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
विश्वभर एक अर्ब ३० करोड मानिस सुर्तीजन्य पदार्थको प्रयोगकर्ता, जोखिममा चार करोड बालबालिका
-
कुशल भुर्तेलद्वारा एकै ओभरमा ६ छक्का, चीनविरुद्ध बनाए ऐतिहासिक कीर्तिमान
-
बजेटमा कपिलवस्तु : उपस्थिति बढ्यो, कार्यान्वयनको परीक्षा बाँकी











प्रतिक्रिया